Saturday 22nd August 2026

संसदीय निर्वाचनप्रति जनताको दृष्टि


बि. आर. उप्रेती – स्थानीय तहको निर्वाचन २०७९ पछि विजयी व्यक्तिहरु आ-आफ्नो ओहोदा अनुसार कार्य संचालन गर्न लागि रहेकाछन् यो स्वभाविक हो । यस पश्चात् निकट भविष्यमा हुने संसदीय निर्वाचनको लागि राजनीतिक दलहरू सलबलाउन थालिसकेका छन् । आ-आफ्नो पार्टीबाट उम्मेद्बार बन्न बनाउन अनौपचारिक छलफल, टिकट पाउन कसरत, दौडधुप सुरु हुन थाली सक्यो होला ।

यसरी एकातिर राजनैतिक दलका अगुवा नेताहरू आउँदो निर्वाचनप्रति ध्यान केन्द्रित छन् भने अर्कोतिर जनताहरु पनि सोचिरहेका मात्रै होइन कुन कुन नेताहरू जनता र देश सेवक बन्न ठिक रहेछन् र कुन नेता भ्रष्ट रहेछन् जस्ता नेताहरूको क्रियाकलापको बारेमा गफ गर्दै निर्वाचनमा कसलाई मत दिने भन्ने जस्ता छलफल गर्छन् । हुन पनि हो । अब पहिलाका जस्ता जता मोड्यो त्यतै मोडिने जनता सोचेका होलान् त्यस्ता होइनन् अहिलेका जनताहरुले त धेरै कुरा बुझिसकेकाछन् । राम्रो, नराम्रो छुट्टाउन सक्ने भएका छन् । जनताहरुले कसरी मतदान गर्दा रहेछन् गत निर्वाचनमा काठमाडौका मेयर उप मेयरको निर्वाचनमा जनताको सहभागिता हेरौं न ।

तसर्थ नेता ज्युहरु आगामी निर्वाचनमा टिकट लिएर विजय हासिल गर्नका लागि अहिले देखि नै सोच्दै रहनु होला । यस भन्दा पहिलाको पदावधिमा मैले के कसरी पदावधि बिताए न केहि कमी कमजोरी पो छ कि यदि त्यस्तो भए जनताहरु समक्ष के भन्नु पर्ला, के गर्नु पर्ला बेलैमा आत्मालोचना या क्षमायाचना पो गर्नु पर्ने हो की आ-आफ्नो क्षेत्रका जनताहरुको मन भित्र बस्ने, जनताहरुको सुख दु:खमा छु भन्ने विश्वास दिलाएर मात्र आगामी निर्वाचनमा विजय हासिल गर्न सहज हुन्छ यसमा दुईमत नहोला । देशका विभिन्न स्थान कुना काप्चा, गाउँ शहर जहाँ पनि अहिले देखि यस्तै मात्र कुरा गर्छन् जनताहरु ।

बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

राति आकाशतिर हेर्दा हामी हजारौँ तारा चम्किरहेको देख्छौँ। अझ शक्तिशाली टेलिस्कोपले हेर्ने हो भने हाम्रो आँखाले देख्न नसकेका असंख्य आकाशगंगा…

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा…

प्रतिकृयाहरू
...