Friday 4th September 2026

बाराको दु:ख – बाल गंगा, पसाहा र बकैया


बि. आर. उप्रेती – पानी मानिस, पशुपंक्षी लगायत हरेक प्राणी तथा सजिव निर्जीव सम्पुर्णको लागि नभई नहुने अति आवश्यकिय चिज हो तर त्यही पानी खोलानालामा बाढी आई गाउँ वस्ती र जग्गा जमीन उजाड बनाई ठूलो धन जनको क्षति भएको हामीले देखि बुझिरहेकाछौं ।

यसै प्रसंगमा कुरा गर्नु पर्दा पंङ्तिकारले पनि पानीकै टिप्पणी गर्न खोजेको हो । बारा जिल्लाको बकैया, पसाहा र बालगंगा नदीले वर्षेनी जमीन कटान गरि ठुलो क्षति गरेको छ । यस्तो दु:खद अवस्था उपर स्थानिय बुद्धिजीवी, जनप्रतिनिधिहरुको प्रयाशले बर्सेनी लाखौं करोडौं खर्च गरेर बाढीबाट हुने क्षतिको न्युनिकरण गरेको होलान् तर यी दिर्घकालिन उपाय होइनन् ।

यस्तै पसाहा खोलाको जीतपुर सिमरा उप म. न. पा. – १६ पिलुवा गाउँको पुर्व पसाहा पुलबाट दक्षिणतर्फ खोलाले जमिन कटान गरेको त्यस्ता भयावह अवस्थाको नियन्त्रण नभएकोले अब आउने वर्षातमा खोला पिलुवा गाउँमा पसी गाउँ वस्ती लगायत जग्गा जमिन बगर बनाई दिने देखिन्छ । यसरी पसाहा खोला पस्दा पिलुवा मात्रै नभई दक्षिणतर्फ जीतपुर सिमरा- १८ बडहर्वा लगायतका धेरै जग्गा जमीन सखाप बनाई दिने भएको हुँदा उपरोक्त स्थानका बासिन्दाहरु रातदिन चिन्ताग्रस्त छन् । पसाहा खोलाले कुन बेला उजाड बनाई दिन्छ भनी त्रसित भएकाछन् ।

यस विषयमा सम्भावित प्रकोपग्रस्त क्षेत्रहरूलाइ पहिचान गरि स्थानीय जनप्रतिनिधिहरु, भद्र बुद्धिजीवीहरु एवं सरोकारवाला व्यक्तिहरुले यथासमयमै सम्बन्धित क्षेत्रको अवलोकन गरि के कसरी खोला नियन्त्रण गर्न सकिंन्छ त्यस सम्बन्धमा तदारुकता साथ तत्कालको लागि नदी नियन्त्रणको कार्य गर्नु जरूरी देखिन्छ भने दिर्घकालिन योजनाहरू बनाइ नदीजन्य पदार्थको उत्खनन बन्द गरि नदीको वही कायम गरि किनारमा रूख बिरूवा रोप्नेदेखि सुरक्षित रूपमा तटबन्ध गर्ने लगायतका कुरामा जनप्रतिनिधिहरूले विशेष पहल गर्नुपर्ने देखिन्छ ।

बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...