Thursday 10th September 2026

सुडानमा १५ हजार भन्दा बढी भेडा बोकेको पानी जहाज डुब्यो


सुडानमा १५ हजार भन्दा बढी भेडा बोकेको पानी जहाज डुबेको कुरा त्यहाँको सरकारी समाचार संस्था सुनाले जनाएको छ । गत शनिबार ११ जुनमा भएको उक्त पानी जहाज दुर्घटना सुडानको सुआकिनको ओस्मान डिग्ना बन्दरगाह छाेडेको केही बेरमा भएको थियो

साउदी अरबको जेद्दामा पठाउन लागिएको १५,८०० भन्दा बढी भेडा बोकेको उक्त जहाज सुडानको बन्दरगाहबाट निस्कने बित्तिकै डुबेको थियो भने केही भेडालाइ जिवितै उद्दार गरिएको थियो । उक्त जहाज लाल सागरमा पस्ने बित्तिकै डुबेको थियो भने अधिकारीहरूले पानी जहाज डुब्नुको कारण बारे अनुसन्धान गरिने जनाएका छन् ।

सो पानी जहाज डुबेपछि उक्त घटनाका कारण बन्दरगाह केही समयका लागि बन्द भएको थियो, जसले आयात र निर्यातको प्रवाहलाई असर गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...