Sunday 13th July 2025

पाकिस्तानमा गुडीरहेको रेलमा एक युवतीमाथि सामुहिक बलात्कार


पाकिस्तानमा गुडीरहेको रेलमा एकजना युवतीलाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । २५ वर्षकी युवतीलाई रेलको टिकट जाँचकीले एउटा खाली कम्पार्टमेन्टमा लगेर बसाएको र त्यहाँ उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ ।

रेलसेवाका प्रहरी अधिकारी फैजल शखरले मंगलबार यस घटनाबारे पत्रकारलाई जानकारी गराउने क्रममा बलात्कृत महिला दुई बच्चाकी आमा भएको बताए । शखरका अनुसार सोमबार घटनाबारे प्रहरीमा रिपोर्ट गरिएलगतै दुईजना शंकास्पद व्यक्ति पक्राउ परेको र अर्को तेस्रो व्यक्ति मंगलबार पक्राउ परेका छन् ।

घटना मुल्तानबाट कराँचीतर्फ जाँदै गरेको बहोद्दिन जाकारिया एक्सप्रेस रेलमा घटेको थियो । रेलको सुरक्षा तथा प्रशासन एक नीजि कम्पनीले सम्हाल्ने गरेको हातमा रहेको समाचारहरुमा उल्लेख छ । घटना बाहिरिएपछि समाजका विभिन्न तप्काले आक्रोश व्यक्त गरेका छन् । मानवअधिकार संगठन, मिडिया, अभियन्ता लगायत आमजनताले घटनामा संलग्नहरूलाई कडाभन्दा कडा सजाय दिन आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

धर्म परिवर्तनको मुद्दामा उत्तर प्रदेश प्रहरीले चांगुर बाबालाई पक्राउ गरेको छ। यूपी एटीएसले चांगुर बाबालाई सात दिनको लागि हिरासतमा लिएको…

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

प्रतिकृयाहरू
...