Wednesday 14th October 2026

मणिपुरमा तीन दिने सिरोई फेस्टिवल शुरू ,विभिन्न जातिहरूको उपस्थिति


डा. हरिमोहन पोखरेल , कोहिमा /मणिपुर राज्यको ऊखरूल जिल्ला अंतर्गत सिरोई गाउँमा राज्यस्तरीय सिरोई फेस्टिवल शुरू भएको छ ।

आजबाट शुरु भएको तीन दिने समारोहलाई सम्बोधन गर्दै राज्यका महामहिम राज्यपाल एल गेलिशनले भने कि आजको समयमा कुनै पनि पर्वले जाती र संस्कृति बोकेको हुन्छ ।जसलाई हामीले बचाई राख्नु अत्यन्त आवश्यक छ ।

मुख्य अतिथिको आसनबाट बोल्दै राज्यपालले भने कि सिरोई लीली एउटा पवित्र पुष्प मात्र नभएर संसारलाई जोड्ने एउटा पवित्र प्रतीकको रूपमा चिनिन्छन।यसले विश्व बंधुत्वको एउटा ठूलो संदेश दिएको छ ।

यसै अवसरमा राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि मणिपुरमा आज विभिन्न समस्याहरू देखा परे पनि सिरोई उत्सव मनाउन पाउनु एउटा ऐतिहासिक कदम हो ।आजको युगमा यसको भूमिका अलग्गै रूपमा रहेको छ । उनले अगाडि भने कि समय संग संगै हामी पनि प्रगतिको पथमा अवश्य पनि सफल हुनेछौ ।

यस अवसरमा राज्यका विभिन्न जातिगत कला र संस्कृति नृत्यहरू पनि प्रदर्शन गरेका थिए भने राज्यका सिविल तथा सरकारी निकायबाट पनि बाक्लो उपस्थिति रहेको थियो ।
स्मरण रहोस् प्रत्येक वर्ष मणिपुरमा सिरोई महोत्सव मनाउने गरिन्छ ।जसको बेग्लै इतिहास छ ।
—
कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

प्रतिकृयाहरू
...