Wednesday 14th October 2026

मणिपुरले मनायो एन्टी टेरोरिजम डे


डा. हरिमोहन पोखरेल,कोहिमा /मणिपुर राज्यले आज भारतका पूर्व प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको पुण्यतिथिको अवसरमा एन्टी टेरोरिजम दिवस मनाएको छ ।

प्राप्त समाचार अनुसार मणिपुर राइफल्सको बेङकेट हलमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री एन बिरेनले भने कि सन 1991 को दिन भारतका प्रधानमन्त्रीलाई तमिलनाडुको पेरेमबदूरमा सुसाइड बमर द्वारा हत्या गरिए पश्चात आजको दिनलाई एन्टी टेरोरिजम दिवस भनेर पालन गरिन्छ ।

उनले अगाडि भने कि संसारको कुनै पनि ठाउँमा हतियार उठाएर विश्व विजयी बन्न सकिँदैन ।शान्ति द्वारा नै हामीले ईश्वरको दिल सम्म जित्न सकिन्छ ।
यस अवसर राज्यका सिविल तथा अन्य पदाधिकारीहरूले एन्टी टेरोरिजम डे को शपथ लिए ।
स्मरण रहोस प्रत्येक वर्ष आजको दिन एन्टी टेरोरिजम डे मनाउने गरिन्छ ।
—
कोहिमा नागालैंड भारत ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...