Friday 4th September 2026

केपी ओलीको गृहनगर दमकमै एमाले पराजित


एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले हारेको छ । एमालेले तीन दशकको विरासत गुमाएको छ । ओलीको गृहनगरमा कांग्रेस, माओवादी र राप्रपाको महागठबन्धनबाट राप्रपाका राम थापा विजयी भएका छन् । उनी तेस्रो प्रयासमा दमक नगरपालिकाको नगर प्रमुख बन्न सफल भएका हुन् । थापाले ०५४ र ०७४ मा पनि प्रयास गरेका थिए । दुईपटक नै उनी एमालेका रोमनाथ ओलीसँग पराजित भएका थिए ।

थापा १७ हजार ५२५ मतका साथ विजयी भए । उनले एमालेकी गीता अधिकारीलाई पाँच सय ५९ मतले पराजित गरे । निवर्तमान उपप्रमुखसमेत रहेकी अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन् ।

उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले जितेकी छन् । उनले १७ हजार ७२ मत ल्याउँदा एमालेका अम्बिका खनालले १६ हजार ५७४ मत पाए ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...