Wednesday 14th October 2026

लगातार वर्षापछिको बाढीले मणिपुरमा पनि खतराको संकेत


डा. हरिमोहन पोखरेल, कोहिमा /केही दिनदेखिको लगातारको वर्षापछिको बाढीले मणिपुरमा पनि खतराको संकेत देखाएको छ ।

मणिपुरको इंफाल नदीमा खतराको निशानी भन्दा माथि बनेको मोइराङखोम, बामोन कंपु ,मिनुथोङ लगायत सिङजमाई आदि इलाकाहरूमा पानी भरिएको खबर छ ।

राज्यका मुख्यमन्त्रीले हिजो इम्फाल नदीको निरीक्षण गर्दै बाढी पीढ़ितहरूलाई राहत सामाग्री वितरण गर्ने कुरा गरेका छन ।

विभिन्न स्वयंसेवी संस्थाहरू तथा एसडीआरएफका टीमहरूले पनि धेरै भन्दा धेरै राहत पुर्याई रहेको कुरा जानकारीमा आएको छ ।

यो समाचार लेखुंजेल सम्म मणिपुरमा पानी निरंतर रूपमा परिरहेको छ र अहिले सम्म कतै कुनै अप्रिय घटना भने घटेको छैन ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...