Wednesday 14th October 2026

अविरल वर्षा पछिको बाढी पहिरोले रेल्वे स्टेनस स्वाहा


डा. हरिमोहन पोखरेल, कोहिमा/निरंतर रूपमा पानी परेकोले पूर्वोत्तर भारतमा धेरै बाढी पहिरो गएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार असमको हाफलोङमा रेल स्टेसन नै बगाएर स्वाहा पारेको र दुई जना मानिसको ज्यान समेत गएको छ । मणिपुरका विभिन्न भागहरूमा पनि भेल बाढीले आईटी रोडको हालत निकै गंभीर अवस्थामा रहेको कुरा सुन्नमा आएको छ । यसरी नै अरूणाचल र मेघालयको केही ठाउँमा बाटो थुनिएको कुरा जानकारीमा आएको छ ।

मौसम विज्ञान विभागले जनाएको जानकारी बमोजिम आगामी २२ तारीख सम्म निरंतर पानी पर्ने र ठूलो भन्दा ठूलो बाढी पहिरो जाने कुरा जनाएको छ ।
पूर्वोत्तरका सबै राज्यका एनडीआरएफ टिमलाई पनि सतर्क गराउने संकेत सम्म विभागले दिएको छ ।
हेर्दै जाऔ मौसमले कतिको हानी नोक्सानी गर्ने हो ।त्यो त आउने भविष्य नै बताउला ।
—
कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...