Saturday 10th October 2026

नेपालमा स्वतन्त्र रूपमा चुनावी सर्वे गर्ने, गराउने एउटा संस्था पनि रहेनछ ?


डा. अम्बरिश पोख्रेल – देशका ठूला ठूला शहरहरूमा (कम्तीमा पनि महानगर, उप महानगर र ठूला नगर पालिका हरुमा ) स्वतन्त्र रूपमा सर्वे गरेर चुनावी प्रक्षेपण गर्ने वा गर्न सक्ने संस्थाको टड्कारो अभाव देखियो ।

यो तेत्तीस चौतीस वर्ष भित्रमा कुनै पनि निकाय वा संस्थाहरू वा ठूला ठूला नाम चलेका विद्वान् वा बुद्धिजीवी मध्ये कोही पनि, यो काम किन गर्न गराउन अघि सर्दैनन् होला ?

यदि साँच्चै आर्थिक अभावले गर्दा त्यो प्रकारको संस्था निर्माण हुन् नसकेकै हो भने, नेपाल सरकारले बार्षिक रूपमा सहयोग गर्ने ब्यबस्था गरेर भए पनि यसको सुरुवात गर्नु पर्ने देखिन्छ, ताकि विभिन्न समयमा विभिन्न प्रकार सर्वे गर्ने गरोस ।

तर आर्थिक अभावले मात्र यो काम रोकिएको होला जस्तो मलाई लागेको छैन । यसको विशेष कारण, यहाँका ठूला पार्टीहरुले नेपाली समाजलाई बौद्दिक अपाङ्ग बनाएका कारणले गर्दा व्यक्तिगत रूपमा राम्रा राम्रा मान्छेहरूलाई पनि यो काम गर्न मन् लाग्दैन होला जस्तो देखिन्छ ।

विदेशीसँग पैसा लिएर, विदेशीकै लागि विभिन्न सर्वे गरेर रिपोर्ट बनाउनेहरुको चाहिँ कुनै कमी छैन नेपालमा ।

अस्तु ।
ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...