Saturday 24th October 2026

नेपालमा स्वतन्त्र रूपमा चुनावी सर्वे गर्ने, गराउने एउटा संस्था पनि रहेनछ ?


डा. अम्बरिश पोख्रेल – देशका ठूला ठूला शहरहरूमा (कम्तीमा पनि महानगर, उप महानगर र ठूला नगर पालिका हरुमा ) स्वतन्त्र रूपमा सर्वे गरेर चुनावी प्रक्षेपण गर्ने वा गर्न सक्ने संस्थाको टड्कारो अभाव देखियो ।

यो तेत्तीस चौतीस वर्ष भित्रमा कुनै पनि निकाय वा संस्थाहरू वा ठूला ठूला नाम चलेका विद्वान् वा बुद्धिजीवी मध्ये कोही पनि, यो काम किन गर्न गराउन अघि सर्दैनन् होला ?

यदि साँच्चै आर्थिक अभावले गर्दा त्यो प्रकारको संस्था निर्माण हुन् नसकेकै हो भने, नेपाल सरकारले बार्षिक रूपमा सहयोग गर्ने ब्यबस्था गरेर भए पनि यसको सुरुवात गर्नु पर्ने देखिन्छ, ताकि विभिन्न समयमा विभिन्न प्रकार सर्वे गर्ने गरोस ।

तर आर्थिक अभावले मात्र यो काम रोकिएको होला जस्तो मलाई लागेको छैन । यसको विशेष कारण, यहाँका ठूला पार्टीहरुले नेपाली समाजलाई बौद्दिक अपाङ्ग बनाएका कारणले गर्दा व्यक्तिगत रूपमा राम्रा राम्रा मान्छेहरूलाई पनि यो काम गर्न मन् लाग्दैन होला जस्तो देखिन्छ ।

विदेशीसँग पैसा लिएर, विदेशीकै लागि विभिन्न सर्वे गरेर रिपोर्ट बनाउनेहरुको चाहिँ कुनै कमी छैन नेपालमा ।

अस्तु ।
ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...