Friday 24th July 2026

श्रीलङ्काका प्रधानमन्त्री राजापक्षद्वारा राजीनामा


श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजापक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्। श्रीलंका आर्थिक संकटमा चुर्लुम्म डुबेर व्यापक रूपमा सरकार विरोधी प्रदर्शन भइरहेका बेला उनले राजीनामा दिएका हुन् । सरकार विरोधी प्रदर्शनकारी तथा राजपक्ष दाजुभाइका समर्थकबिच हिंसात्मक झडपहरू भएपछि कर्फ्यु लगाइए लगत्तै उनले राजीनामा दिएका हुन्।

प्रहरी र अस्पतालका अधिकारीहरूका अनुसार उक्त हिंसात्मक झडपमा सत्तारुढ पार्टीका एक जना सांसदसहित दुई जनाको ज्यान गएको छ भने करिब एक सय ४० जना घाइते भएका छन्।

गम्भीर आर्थिक सङ्कटसँग गुज्रिरहेको श्रीलङ्कामा मानिसहरूले औषधिसहित अत्यावश्यक सामग्रीहरू प्राप्त गर्न सङ्घर्ष गरिरहेका छन्।त्यहाँ महँगी अत्यिधक बढेको छ र विद्युत् आपूर्तिमा कटौती भएको छ। दुई करोडभन्दा बढी जनसङ्ख्या भएको श्रीलंकाले सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयता सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।

गत अप्रिल महिनाको सुरुवातदेखि सरकारविरुद्ध प्रदर्शन जारी छ र प्रदर्शनकारीहरूले राष्ट्रपति राजपक्षको राजीनामा माग गरिरहेका छन्। त्यहाँ सङ्कटकाल लागू हुनुअघि राजधानी कोलम्बोमा प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालय बाहिर भइरहेको प्रदर्शन हिंस्रक भएपछि प्रहरी परिचालन गरिएको थियो। सत्तारुढ दलका समर्थकहरूले सुरक्षा घेरा तोडेर सरकार विरोधी प्रदर्शनकारीमाथि प्रहार गरेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो।


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...