Tuesday 13th October 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – २१


स्रष्टा परिचय
नाम : त्रिपुरा खरेल
जन्म मिति 3 मार्च 1960
बुवा : प्रो ० बालकृष्ण पोखरेल
आमा : शान्तादेवी पोखरेल

कृति : मेरी कविता (कविता संग्रह )
प्रस्फुरण : हाइकु संग्रह
लघुकथा : प्रेसमा
लामोकथा, कविता संग्रह दुईवटा (अप्रकाशित )।
सिक्किम भारत

रचना

लघुकथा:आत्मरक्षा

दानवीर सात महिनाकी नातिनीलाई कोक्रोमा सुताएर आफू छेउको कौचमा बसेर खबर कागज पढ्न थाल्यो।पहिलो पेजमा रुसले युक्रेनमाथि गरेको हमलाको खबर रहेछ। युक्रेनमाथि हमला गरेको पहिलो दिनमा नै रुसले सानो देश युक्रेनलाई दुईदिनमै आफ्नो कब्जामा लिन्छ भन्ने अनुमान उसका सहयोगी पक्षले गरेका थिए तर युक्रेनलेभने अहिलेसम्म प्रतिरक्षा गर्दै आएको छ। यो समचार पढ्दा उसका दुबै आँखी भौँ उचालिए।

“ठूलो शक्तिसँग फुच्चे अहिलेसम्म कसरी टिक्न सकेको होला ?” उसले मनमनै प्रश्न गर्यो।

अखबारको पेज पल्टाउने उसको हातमा एउटा झिँगो आएर बस्यो । उसको ध्यान अखबारबाट हटेर झिँगोमा केन्द्रित हुनगयो।उसले अर्को हातले त्यसलाई भगायो।त्यो फेरि उडेर उसको अनुहारमा भन्किनथाल्यो। “अब यसलाई मार्छु।” उसले दृढ संकल्प गर्यो।दानवीरको विशाल शरीरले छुद्र झिँगोलाई खेद्न थाल्यो, उसको प्रयत्न विफल भयो, झिंगो फेरि अल्पियो ।

कोक्रोमा नातिनी ठुसठुस गर्न लागी।त्यही झिँगोले उसलाई दुः ख दिंदै रहेछ। । दानवीरको क्रोधले चरम सीमा नाघ्यो।अब उसको हातमा मच्छड मार्ने ब्याट थियो। उसले त्यो निर्बल झिंगोलाई मार्न अनेकौं उपाय निकाल्यो , सकेन। दुई घण्टादेखि चलिरहेको युद्धमा उसले विजय हासिल गर्नसकेको थिएन।

“आत्मरक्षा” उसको चर्को स्वरले नातिनीको निद्रा भङ्ग भयो।दानवीर नातिनी बोकेर अर्को कोठातिर लाग्यो।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...