Sunday 1st November 2026

अलमुल्ला एक्सचेन्ज-सुदुरपश्चिमेली नेपाली समाज भलिबल कप २०२२ संञ्चालन हुने


“पहिचानका लागि खेलकुद, स्वस्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ सुदुरपश्चिमेली नेपाली समाज कुवेतले यहि आउदाे मे महिनाकाे ६ तारिक शुक्रबारका दिन महाबुल्लामा नेपाली नयाँ वर्ष २०७९ काे उपलक्ष्यमा भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ ।

अलमुल्ला एक्सचेन्जकाे मुख्य प्रायाेजनमा भलिबल प्रतियोगिता संचालन गर्न लागिएको समाजका संरक्षक बिकास सिंह ठकुरीले तीतोपाटी डट कम लाइ जानकारी दिएका हुन् ।

प्रथम, द्वितीय र तृतीय हुने टिमहरूलाइ नगद पुरस्कार, मेडल र ट्रफी सहित सम्मानित गरिने उक्त प्रतियोगितमा भलिबल प्रतियोगितालाइ उत्साहवर्धक र रोमाञ्चक बनाउनका लागि सम्पुर्ण कुवेतबासी भलिबल खेलाडी र खेलकुद प्रेमी साथै कुवेत बासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुलाई प्रतियोगितास्थलमा उपस्थिति भइ दिनुहुन पनि समाजले हार्दिक अनुरोध गरेको छ ।

भलिबल प्रतियोगिताका पुरस्कारहरु
प्रथम पुरस्कारः १०१ कुवेति दिनार ट्रफि मेडल प्रमाण पत्र
द्वितीय पुरस्कारः ७५ कुवेति दिनार ट्रफि मेडल प्रमाण पत्र
तृतीय पुरस्कारः ३१ कुवेति दिनार ट्रफि मेडल प्रमाण पत्र
उत्कृष्ट खेलाडी उत्कृष्ट टिम सर्वाेउत्कृष्ट स्पाईकर खेलाडहरुलाई, मेडल तथा प्रमाण-पत्र सहति सम्मान गरिने छ।

प्रतियाेगिता हुने
मितिः २०२२ मे ६ तारिक (शुक्रबार)
समयः बिहान ८ बजे
स्थानः महाबुल्ला गाता २ खेलमैदान

सम्पर्कका लागि
अध्यक्षः बिजय बम ठकुरी 6991 2096
संरक्षक तथा कार्यक्रम संयाेजकः बिकास सिंह ठकुरी 60767749
संरक्षकः राजन बम ठकुरी 60021699
महासचिवः गगन सिहँ बिष्ट 60956015


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...