Sunday 23rd August 2026

अलमुल्ला एक्सचेन्ज-सुदुरपश्चिमेली नेपाली समाज भलिबल कप २०२२ संञ्चालन हुने


“पहिचानका लागि खेलकुद, स्वस्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ सुदुरपश्चिमेली नेपाली समाज कुवेतले यहि आउदाे मे महिनाकाे ६ तारिक शुक्रबारका दिन महाबुल्लामा नेपाली नयाँ वर्ष २०७९ काे उपलक्ष्यमा भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ ।

अलमुल्ला एक्सचेन्जकाे मुख्य प्रायाेजनमा भलिबल प्रतियोगिता संचालन गर्न लागिएको समाजका संरक्षक बिकास सिंह ठकुरीले तीतोपाटी डट कम लाइ जानकारी दिएका हुन् ।

प्रथम, द्वितीय र तृतीय हुने टिमहरूलाइ नगद पुरस्कार, मेडल र ट्रफी सहित सम्मानित गरिने उक्त प्रतियोगितमा भलिबल प्रतियोगितालाइ उत्साहवर्धक र रोमाञ्चक बनाउनका लागि सम्पुर्ण कुवेतबासी भलिबल खेलाडी र खेलकुद प्रेमी साथै कुवेत बासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुलाई प्रतियोगितास्थलमा उपस्थिति भइ दिनुहुन पनि समाजले हार्दिक अनुरोध गरेको छ ।

भलिबल प्रतियोगिताका पुरस्कारहरु
प्रथम पुरस्कारः १०१ कुवेति दिनार ट्रफि मेडल प्रमाण पत्र
द्वितीय पुरस्कारः ७५ कुवेति दिनार ट्रफि मेडल प्रमाण पत्र
तृतीय पुरस्कारः ३१ कुवेति दिनार ट्रफि मेडल प्रमाण पत्र
उत्कृष्ट खेलाडी उत्कृष्ट टिम सर्वाेउत्कृष्ट स्पाईकर खेलाडहरुलाई, मेडल तथा प्रमाण-पत्र सहति सम्मान गरिने छ।

प्रतियाेगिता हुने
मितिः २०२२ मे ६ तारिक (शुक्रबार)
समयः बिहान ८ बजे
स्थानः महाबुल्ला गाता २ खेलमैदान

सम्पर्कका लागि
अध्यक्षः बिजय बम ठकुरी 6991 2096
संरक्षक तथा कार्यक्रम संयाेजकः बिकास सिंह ठकुरी 60767749
संरक्षकः राजन बम ठकुरी 60021699
महासचिवः गगन सिहँ बिष्ट 60956015


सम्बन्धित शीर्षकहरु

इरानी सांसदहरूले अमेरिकाको आर्थिक प्रतिबन्ध र इरानमाथि भएका सैन्य कारबाहीलाई कारण देखाउँदै परमाणु अप्रसार सन्धि (NPT) बाट औपचारिक रूपमा बाहिरिने…

खुला मैदानमाथि आकाशमा अचानक देखिएको ठूलो गोलाकार वस्तुले स्थानीय प्रत्यक्षदर्शीलाई आश्चर्यमा पारेको छ। प्रत्यक्षदर्शीका अनुसार धातुजस्तो चम्किलो देखिने उक्त वस्तु…

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

प्रतिकृयाहरू
...