Sunday 25th October 2026

तनहुँको व्यासमा गोविन्दराज जोशीका छोरालाई एमालेले मेयर छोड्ने


तनहुँको व्यास नगरपालिकामा नेकपा (एमाले) ले पूर्वकांग्रेस नेता गोविन्दराज जोशीका छोरालाई मेयर उम्मेदवारमा सघाउने भएको छ।नेपाली कांग्रेसले कारबाही गरेपछि जोशी अहिले छुट्टै समूह चलाएर बसिरहेका छन्। जोशीका छोरा दीपकराज जोशी सोही समूहबाट व्यासको मेयरमा उठ्दैछन्। कुनै पार्टी दर्ता नगरेका जोशी स्वतन्त्र उम्मेदवार बन्दै छन्। जोशीले एमालेले आफूलाई मेयरमा समर्थन गर्ने बताए।नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पूर्वमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालेमलका विषयमा छलफल चलिरहेको बताए।

संक्षिप्त कुराकानी गर्दै एमाले अध्यक्ष श्रेष्ठले जोशी समूहसँग तालमेलबारे अन्तिम निर्णय नभइसकेको बताए। ‘हामीले जिल्लाभरिकै विषयमा छलफल गरिरहेका छौं।अहिले नै उहाँहरूसँग चुनावी गठबन्धन गर्ने निर्णय भएको छैन,’ उनले भने,’व्यास नगरपालिकामा मेयर उहाँहरूलाई दिने कि हामीले लिने भनेर टुंगो लाग्न बाँकी छ। यसबारे १/२ दिनमा टुंगो लाग्छ।’ एमाले अध्यक्ष श्रेष्ठले छलफल भइरहेका बेला जोशीले आफूलाई एमालेको समर्थन रहने भन्नु स्वभाविक रहेको बताए।२०७४ को चुनावमा व्यासको मेयर र उपमेयर कांग्रेसले जितेको थियो। मेयर र उपमेयरमा एमाले र माओवादीले तालमेल गरेका थिए।व्यासका १४ मध्ये एउटा वडामा मात्रै एमालेले अध्यक्ष जितेको थियो।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

प्रतिकृयाहरू
...