Monday 14th July 2025

फुटबलमा रोनाल्डोले बनाए नयाँ कीर्तिमान


पोर्चुगलका चर्चित फुटबल खेलाडी एबम म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोनाल्डो आफ्नो फुटबल अर्काे नयाँ कीर्तिमान बनाएका छन् । उनी अब क्लब फुटबलमा लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडी बनेका छन् । शनिबार भएको प्रिमियर लिग अन्तर्गत चर्विच सिटी विरुद्धको खेलमा उनले ह्याट्रिक गरेका थिए । यसअघि रेलिगेसन जोनमा संघर्ष गरिरहेको एभर्टसँग पराजित भएको युनाइटेडलाई रोनाल्डोले शनिबारको खेलमा  जित दिलाएका थिए ।

रोनाल्डोको नाममा यो व्यक्तिगत रेकर्ड पनि बनेको छ । ३७ वर्षीय रोनाल्डोले खेलको सातौं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।​ एन्थोनीको पासमा उनले गोल गरेका थिए । ३२ औं मिनेटमा कर्नरबाट आएको पासलाई हेड मार्फत सदुपयोग गर्दै रोनाल्डोले लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा क्लब र देशका लागि थुप्रै कीर्तिमानहरू बनाएका छ ।


सम्बन्धित शीर्षकहरु

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

प्रतिकृयाहरू
...