Thursday 22nd January 2026

काठमाडौंको मेयर र उपमेहरका लागि विवेकशील साझाबाट उम्मेदवार चयन


स्थानीय निर्बाचन नजिकिदै संगै नेपालका राजनीतिक दलहरुले उम्मेदवार चयन गर्ने क्रममा जारी रहेको छ। यसै मेसोमा विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर पदका लागि उम्मेदवार टुंग्याएको छ। मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उठाउने पार्टीले निर्णय गरेको प्रवक्ता शरदराज पाठकले बताए।आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेकी बास्कोटालाई मेयरमा र केन्द्रीय सदस्य तुलाधरलाई उपमेयरमा उठाउने निर्णय गरेको हो ।

३८ वर्षकी बास्कोटाले अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेकी छन्। उनी ०७४ मा काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट प्रदेश सभा उम्मेदवार थिइन्। उनले त्यसबेला तेस्रो स्थानको मत ल्याएकी थिइन्। तुलाधर जेसिजको पूर्वराष्ट्रिय अध्यक्ष हुन्। ६२ वर्षकी उनले शिक्षामा उनले स्नातकोत्तर गरेकी छन्। चुनावी अभियानको नेतृत्व भने केन्द्रीय सदस्य अनुपा श्रेष्ठले गर्ने विवेकशील साझाले बताएको छ।

 


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...