Thursday 10th September 2026

एनआरएनए कुवेतले गर्यो कार्यसमितिमा पदपूर्ति, उपाध्यक्ष बने नबराज पराजुली


तीतोपाटी – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले रिक्त रहेको उपाध्यक्ष पदमा नबराज पराजुलीलाइ चयन गरेको छ । परिषदको २०२१-२०२३ कार्यकालको लागि निर्वाचित ३ उपाध्यक्षहरू मध्ये एक जना उपाध्य माधव शाहीको गत अक्टोबर महिनामा आकस्मिक निधन हुन गइ रिक् रहन आएको उपाध्यक्ष पदमा नबराज पराजुलीलाइ पदस्थापन गरेको हो । एनआरएन एनसीसी कुवेको हिजो बसेको बैठकले सर्वसम्मतिले नबराज पराजुलीलाइ उपाध्यक्षमा चयन गरेको हो ।

लामो समयदेखि एनआरएनएमा आवद्ध रहेर विभिन्न पदिय जिम्मेवारी सफलतापूर्वक पुरा गर्दै आएका पराजुली एनसीसीको २०१९-२०२१ कार्यकाल र २०२१-२०२३ कार्यकालका लागि युवा संयोजक पदमा निर्वाचित भइ हाल खेलकुद विभाग प्रमुखको रूपमा कृयाशिल रहेका छन् । प्रवासी श्रमिकको हक हितको लागि खटेर लाग्ने पराजुलीलाइ कुवेतका नेपाली समाजमा नचिन्ने कमै व्यक्ति होलान् ।

एनसीसीको हिजोकै बैठकले एनसीसी कुवेतको कार्य समिमिका सदस्य आइसीसीको मध्यपूर्व युव उप-संयोजकमा निर्वाचित भएकोमा विजय धामीलाइ हार्दिक बधाइ दिंदै बैठकमा स्वागत गरेको थियो भने एनसीसीको बैठकमा कोरोनाकालमा एनसीसी कुवेतको सिंगो कार्य समितिले पुर्याएको योगदानको कदर गर्दै आइसीसीले प्रदान गरेको प्रसंशा-पत्र समेत वितरण गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...