Monday 30th March 2026

अधिवक्ता गोबिन्द बन्दी बने कानुनमन्त्री/दिलेन्द्र बडूले बाणिज्य आपूर्ति मन्त्रालय समाल्ने


प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् । तर यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ ।हाल दिलेन्द्र बडू कानुनमन्त्री छन् । बन्दीलाई कानुनमन्त्री बनाएपछि दिलेन्द्र वडूलाई भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ ।

यो मन्त्रालय लामो समयदेखि प्राधनमन्त्री आफैंसँग छ । देउवाले २२ साउनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेका थिए । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएका थिए । त्यसयता यो मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका थिए ।

 

 


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...