Tuesday 13th October 2026

राजेशराज गड्तौलाका केही टुक्का कविताहरू


केही टुक्का कविताहरू
१.
दिलमा राखेको थिएँ, छोडेर गयाै
आफ्नो ठानेको थिएँ, पराइको भयौ ।
२.
राजनीति देख्दा यो लाजनीति जस्तो लाग्छ
नेताहरूको चाला देख्दा घृणा मात्रै जाग्छ ।
३.
देशको विकास गर्ने युवा खाडीतिर जान्छन्
तिनै युवाहरूलाई बेचेर नेताले खान्छन् ।
४.
देशको बजेट जति सबै खल्तीभित्र हाले
त्यही पैसाले अनि आफ्ना साला जेठान पाले ।
५.
मनमा चाहना भए सबै पूरा हुन्छन्
पुकारे भित्रैबाट देवता पनि सुन्छन् ।

✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...