Tuesday 13th October 2026

रामशरण न्यौपानेका पञ्चचामर छन्दमा केही टुक्काहरू


केही टुक्काहरू
(छन्द:पञ्चचामर)
१.
वसन्तले वनै नयाँ मनै नयाँ छ सुन्दरी
बनेर कृष्ण राधिका गरौँ उमङ्ग बेसरी।
२.
युवा विदेशिए सबै ऊठेन देशको मियो
रुँगेर बस्छु मै सधैँ यहाँ बतासको दियो।
३.
पुजेर बुद्धमूर्तिमा धरेर उच्च भावना
जितौँ भनेर युद्धको मनुष्य गर्छ कामना।
४.
बनेर ग्राह नै ठुलो कठोर राजनीति यो
सुलुक्क निल्न देश नै खडाभएर तम्सियो।
५.
मिले अनेक बार जो अनेक बार ती फुटे
गरेर जाल देश औ निरीह लोक नै लुटे।

✍️ रामशरण न्यौपाने
भक्तपुर ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...