Friday 11th September 2026

अम्बिका अधिकारीका पञ्चाङ्गहरू


पञ्चाङ्ग ०१

सम्पूर्णमा विन्ती भाउ बिसाउदाको आग्रह,
समर्पण गर्न भन्दै रिसाउदाको आग्रह,
सम्पन्न भरिपूर्ण भएर के भयोर साथि,
सधैछ पीडा गरिबी पिसाउदाको आग्रह ,
अब कसैलाई माफी घिसाउदाको आग्रह।

०२
अर्थ लगाउन गाह्रो भयो गरीबको हाल देखेर
खुशीको दिन आउँछ रमाउछन् नयाँ साल देखेर
अञ्जुली भरि फुलको माला साथमा लिएर बसेको
सुन्दरी नारीको केशको अाहा सौन्दर्य वाल देखेर
समयको अाघात पग्छकि मौसमको चाल देखेर।

०३
हिडेर कहिल्यै सकिएन संघर्षको बाटो हेरेर
जता गयो उतै हेलामा बसि काम को घाटो हेरेर
सहर्ष स्वीकारे पनि अगाडि बढ्ने चाहदा चाहदै
उल्टो फेर्दिन्छन् सुखलाई दुखको फेरि साटो हेरेर
अनर्थ नहोस् कहिल्यै जुन सफलता पाटो हेरेर।

०४
जुनी भरि तिम्रै बाटो हेर्छु भन्थ्यौ वैगुनी
आज आइ तिम्रै साटो हेर्छु भन्थ्यौ वैगुनी
टाढाबाट नै हेर्दै कतै भेटिन्छ कि भनी
संसार अधेरो खाटो हेर्छु भन्थ्यौ वैगुनी
रहर मायामा घाटो हेर्छु भन्थ्यौ वैगुनी

०५
घर चलाउन रोजगारी चाहिन्छ भने
राम्रो काम गरे स्याबासी पाइन्छ भने
संसारको चलनलाई बदल्नु छ
गोजीमा पैसा नभइ जागीर खाइन्छ भने
समाजमा परिवर्तन भयो भने भोट लाइन्छ भने।

०६
सम्पूर्णमा विन्ती भाउ बिसाउँदाको आग्रह,
समर्पण गर्न भन्दै रिसाउँदाको आग्रह,
सम्पन्न भरिपूर्ण भएर के भयोर साथि,
सधैछ पीडा गरिबी पिसाउँदाको आग्रह ,
अब कसैलाई माफी घिसाउँदाको आग्रह।

०७
मायाको बाटोमा अनेकौं मोड हुन्छ
सत्य भए माया हजारौं तोड हुन्छ
बिर्सिजानेलाई के माया लाउनु खै
प्रेममा नि एक एकको जोड हुन्छ
मिलन नभए दुबैको छोड हुन्छ ।

अम्बिका अधिकारी, झापा विर्तामोड


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...