Tuesday 21st July 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९५ औं मुक्तक विशेष काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९५ औं मुक्तक विशेष काव्य श्रृङ्खला यही मिति २०७८ साल चैत्र ९ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा.बम बहादुर थापा जिताली, कलानिधि दाहाल,गंगा लिगल ज्यूको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घघोषणमा भएको कार्यक्रममा विभिन्न श्रष्टाहरुले आफ्ना रचना मुक्तक,वाचन गर्नुभयो ।

कार्यक्रममा अतिथि साहित्यकारहरु क्रमश…. सिता देवी पाण्डे,चुडा निर्भिक,लक्ष्मी प्रसाद मिश्र,दुर्गा भमरकोटे,उर्मिला पन्त पाण्डेय, द्वारिका कुईकेल,तिला लेकाली,विनुबाबा घिमिरे,सुरेश घिमिरे, सरस्वती श्रेष्ठ,शारदा आचार्य , सीता घिमिरे , हरि प्रसाद पौडेल,कृष्ण घिमिरे,चन्द्रावती अधिकारी,सुधा बास्कोटा ढकाल गरी २० जना सर्जकहरुले आ-आफ्ना रचन मुक्तक,खोरिया वाचन गर्नु भयो ।

वरिष्ठ साहित्यकार डा.बम बहादुर थापाले विधागत गोष्ठीले लेखकलाई सिमित दायराबाट फराकिलो बनाउन मद्दत पुग्ने भन्नु हुँदै रचना सुनाउनु भयो । कलानिधि दाहालले मुक्तकमा संसार अटाउने पनि आए,मुक्तक जस्तै मुक्तक केही नभएका पनि आए भन्नु हुँदै स्रष्टाले वाचन गर्दा स्रोतालाई बणर्न गर्नु शोभा दायक हुँदैन भन्नु भयो ।गंगा लिगलले चन्द्रागिरिको नियमित कार्यक्रम र विधागत कार्यक्रमले स्रष्टालाई लेखनमा विविधता दिएको उल्लेख गर्नु हुँदै आफ्नो रचना सुनाउनु भयो ।

अन्तमा जनार्दन अधिकारी धड्कनले मेरो स्वास्थ्य लाभको कामनाको कामना गर्नु हुने विशेष सूचना संप्रेषण गर्नु हुने सम्पूणर् संघ संस्था र महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु हुँदै उपस्थित सम्पूणर्मा हार्दिक आभार व्यक्त गर्दै मुक्तक वाचनको साथ कार्यक्रम समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय फुटबलको महाकुम्भ 'फिफा विश्वकप २०२६' को उपाधि स्पेनले आफ्नो पोल्टामा पारेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न…

इरानी सांसद अब्बास पापिजादेहले अमेरिकाले इरानमाथि थप ठूलो सैन्य अभियान सञ्चालन गर्ने योजना बनाइरहेको हुन सक्ने चेतावनी दिएका छन्। उनका…

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

प्रतिकृयाहरू
...