Saturday 27th June 2026

३ सर्जकका होली विशेष खोरियाहरू


होली विशेष खोरिया
१) फाल्गुण शुक्ल पुणर्िमा
खेलौंन फागु खुसीमा
रङ्गको चाड होलीमा
मीठो बोलीमा !

२) हिन्दुको एक चाड हो
संस्कृति मान्ने चलन
गाउँदै गीत चौतारी
बसौं दौंतारी ।

३) पुरानो द्वेष त्यागेर
प्रेमले मन माझेर
हातमा हात मिलाउँ
खुसी दिलाउँ ।

४) आजको फागु पर्वको
संस्कृति हाम्रो गर्वको
यही छ मेरो चाहना
शुभकामना ।

सुरेश चन्द्र घिमिरे
दोर्दि ३ लमजुङ

खोरिया

बिक्षिप्त साह्रै हुँदै छिन्
नेपाल आमा रुँदै छिन्
को देख्छ जरा काटेको
सिमा तासेको ।

भए पो खुशी जनमा
रहर होली मनमा
दुखको होली यसै छ
बरु बेसै छ

भो म त होली खेल्दीन
पीर झन् अझै झेल्दीन
काख नै न्यानो हिमाल
आमा नेपाल ।

खेल्दिन होली रङ्गको
हेर्दा यो हेर्दै दङ्ग भो
भ्रष्टको होली देखेर
बस्छु लेखेर ।

जनार्दन धड्कन
पाल्पा ।

खोरिया

त्रेता युगको पालमा
इतिहासनै जोढेका
भगवन बिस्नु भक्त
दङ परेका

होलिका आफै जलेर
एकै छिनमा खरानि
पर्ह्ललाद नजलेर
जिबित् रहेनी।

तेसै दिन देखि होलि
सम्झनामा मनाउछौ
सस्कृति पर्व नेपाल
यसै जोगा छौ।

तराई र ,पहाडमा
मेल, मिलाप ल्याको छ
सस्कार , सस्कृती धान्दै
बाची राको छ।

लक्ष्मी प्रसाद मिश्र
लमजुङ।


सम्बन्धित शीर्षकहरु

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

प्रतिकृयाहरू
...