Sunday 28th June 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – १४


श्रष्टा परिचय/ साहित्यिक विवरण
मूल नाम- मित्र प्रसाद गौतम
साहित्यिक नाम – मित्र‘उराठी’ गौतम
जन्म मिति – २०३० जेष्ठ २४ गते
जन्म स्थान – अमरपुर गा.वि.स. – ८ ( इस्मा गा.पा. -६),गुल्मी
पिताको नाम – मोति प्रसाद गौतम
आमाको नाम – रुन्नता गौतम
स्थायी ठेगाना हालको – तिलोत्तमा न.पा. -२ जानकीनगर,रुपन्देही
शिक्षा – स्नातकोत्तर
प्रकाशित पुस्तकहरु – (१)गुल्मी अमरपुर र सत्तिम्लाका गौतम वंशको चिनारी (२०६९)
प्रकाशकः गौतम परिवार अमरपुर
(२) लकडाउनको उपहार (कविता संग्रह ) २०७७
प्रकाशकः दायित्व वाङमय प्रतिष्ठान नेपाल
-मेरो देश नेपाल हाँस्छ……. राष्ट्रिय गीत रेडियो नेपालमा रेकर्डिङ २०६०
-कथा, लघुकथा, कविता, गजल, गीत विभिन्न पत्रिकामा प्रकाशित
पुरस्कारहरु–
१)निजामति सेवा दिवस २०७३ मा कपिलवस्तु जिल्लामा आयोजित कविता प्रतियोगितामा तृतीय पुरस्कार
२) प्रदेश नं.५ स्थापना दिवस,२०७६को अवसरमा प्रदेश सरकारबाट आयोजना गरिएको खुला कविता प्रतियोगितामा सान्त्वना पुरस्कार
३)लम्बिनी प्रदेश स्थापना दिवस,२०७७को अवसरमा प्रदेश सरकारबाट आयोजना गरिएको खुला कविता प्रतियोगितामा द्वितीय पुरस्कार
४) राप्ती साहित्य परिषद् नेपालबाट प्रशंसा पत्र २०७८
५) साहित्यकला संस्कृति प्रतिष्ठान धरानबाट प्रशंसा पत्र २०७८

पेशा– निजामति सेवा‚ नेपाल सरकार
साहित्यिक संस्थागत संलग्नता –
१) आजीवन सदस्य, दायित्व वाङमय प्रतिष्ठान, नेपाल
२) आजीवन सदस्य, गौतम समाज नेपाल

रचना
कविता : भगवान
त्यो पहाडी उकालो चढेर
घरि घरि मेरी आमा
पुग्छिन् डाँडाको मन्दिरमा

दर्शन गरेर भगवानको
शान्त हुन्छिन्
प्रशन्न हुन्छिन्

उनको मुहारमा
आभा प्रदिप्त हुन्छ।
यसपाला
म पनि पछि लागेँ
आमा सँगै भगवान भेट्न ।
पुगेर मन्दिरमा
विभिन्न कोणबाट
फोटो खिचेँ
भिडियो खिचेँ
अझ टिकटकै बनाएँ
वल्टाइ पल्टाइ गरेँ
मूर्ति वरिपरि
तर
पटक्कै भेटिन भगवान ।

खै, मेरी आमा कसरी भेट्छिन्
उनको आस्थाको भगवान ?
जो मैले भेट्नै सकिन,
जो मैले देख्नै सकिन ।


सम्बन्धित शीर्षकहरु

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

प्रतिकृयाहरू
...