Wednesday 14th October 2026

कविता : पैसा -सविता के. सी.


विनिमयको माध्यम भन्थे त्यो पैसा
तर मान्छेको जीवन पो बन्यो
मान्छे पैसा पैसा भन्छ
पैसा मात्र कमाउन थाल्यो ।

हुन त नीति पनि त्यस्तै बन्यो
घरघरमा भकारी गाउँगाउँमा सरकारी
सहकारी पैसाको खेती गर्ने ठाउँ
कम पैसा राखेर बढी बनाउने काम ।

मानिस बाँच्नका लागि मात्र हैन
जमाउनका लागि पनि पैसा चाहिन्छ
पैसाकै लागि जीवन खर्चिन्छ र
पैसाकै लागि जीवन सकिन्छ ।

मानिसले सुख र खुसीको अनुभूति बिर्सियो
आफन्तको माया र अपनत्व नै भुल्यो
मानिसले आफू मानिस हुनुको अर्थ नै जानेन
केबल पैसा कमाउनु र जमाउनुमा मात्र भुल्यो ।

खानामा पैसा चाहिने, सुत्न पैसा चाहिने
खानेकुरा र विछ्यौनाको त अर्थ नै रहेन
घटाघटीमा उपचार छैन पैसा चाहिने
पैसा भए मात्र आफन्त आफ्नो पाइने ।

शिक्षाको व्यापार चल्यो, पैसाको खेती
माटोको व्यापार बढ्यो आकाशे खेती
अक्षर चिनाएर पैसा लुट्छन् यहाँ
घरबारविहिन बनाएको कमिसन लिन्छन् यहाँ ।

जीवन बेेच्छन् र पैसा लिन्छन्
इमानदारीतालाई पैसामा साट्छन्
भातृत्वको खेल हुन्छ दिनहूँ
अंशअंश टुक्र्याएर चाट्छन् ।

लाग्छ पैसाले मात्र बनेको छ संसार
पैसाले भोट खरिद बिक्री हुन्छ
मैले एउटालाई हालेको भोट अर्कोलाई जान्छ
मेरो नामको भत्ता अर्कैले खान्छ ।

धर्ति बेचे, पानी बेचे, बेचे आमा पनि
आफू बेचे, इज्जत बेचे, बेचे स्वाभिमान अनि
पैसाभन्दा ठुलो कुरा आए हुन्थ्यो अब
पैसा पनि पत्रु हुने दिने आउँथ्यो तब ।

सविता के.सी. काठमाडौं ।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...