Thursday 28th May 2026

२०७९ सालमा ४३ दिन सार्वजनिक बिदा


सरकारले २०७९ सालमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आगामी २०७९ सालमा शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो।बिहीबार मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची राखेको हो।वर्ष २०७९ मा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरी ९५ दिन सार्वजनिक बिदा हुने भएको छ।

बिदा हुने दिनहरूमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा, पाँच दिन तिहार बिदा, पाँच दिन सबैका लागि दिवस बिदा तथा एक दिन अपांगता भएका व्यक्तिका लागि मात्र बिदा गरेर ६ दिन दिवस बिदा दिइएको छ।

यस्तै ३ दिन जन्मजयन्ती बिदा दिइएको छ। जसमा बुद्ध जयन्तीका दिन सबैका लागि बिदा भए पनि अरू २ वटा जयन्ती भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा दिइएको छ।यसैगरि, दसैं बिदा असोज १६ गते फूलपातीदेखि २१ गते द्वादशीसम्म ६ दिन हुने भएको छ। तिहार बिदा भने कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिन हुने भएको छ।

सरकारले विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा बिदा दिने भएको छ। त्यसैगरी, बुद्ध जयन्तीमा देशभर सबैलाई लागू हुने गरी बिदा दिने र फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्तीमा सम्बन्धित धर्मालम्बीहरुलाई मात्रै बिदा दिइने भएको छ।गृह मन्त्रालयले सार्वजनिक विदासँगै पर्व एवम सट्टा विदा तथा कार्यालय समय पनि निर्धारण गरेको छ।

नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले आआफ्नो प्रदेशको धर्म, संस्कृति र रितिस्थितिसमेतलार्य ध्यानमा राखेर घोषणा गरेका वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका संघीय कार्यालयमा समेत सार्वजनिक बिदा गरिने छ।तर प्रदेश सरकारले आफ्नो प्रदेशभरी लागू हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा र काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुने छ।

-नागरिकन्युजबाट

 


सम्बन्धित शीर्षकहरु

लुलु कनेक्टले कुवेतभरिका प्रविधि पारखीहरू र ग्राहकहरूका लागि नयाँ र नविनतम किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ मे २४ मा…

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

प्रतिकृयाहरू
...