Tuesday 13th October 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९३ औं नारी विशेष काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९३ औं नारी विशेष काव्य श्रृङ्खला यहि २५ फागुन २०७८ का दिन सम्पन्न भयो ।

नारी विशेष काव्य श्रृङ्खलाप्रतिष्ठानकी सचिव सुधा बास्कोटा ढकालको अध्यक्षतामा एबं चुडा नर्भिकको कुशल उद्घघोषणमा भएको कार्यक्रममा चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुरु भएको थियो ।

कार्यक्रममा विभिन्न श्रष्टाहरुले आफ्ना रचना वाचन गर्नुभयो । कार्यक्रममा साहित्यकार कवि तथा कवियत्रीहरु क्रमश…. उर्मिला पन्त पाण्डेय, लक्ष्मी प्रसाद मिश्र ,विनुबाबा घिमिरे , यज्ञ सुवेदी, सुरेश घिमिरे, नवराज भट्ट,दुर्गा अधिकारी भमरकोटे , दुर्गा अधिकारी रिमाल, शारदा आचार्य , सीता घिमिरे , श्रद्धा आचार्य , चूडा निर्भीक तथा सुधा बास्कोटा ढकाल गरी १४ जना सर्जकहरुलेआ-आफ्ना रचना पस्किनुभयो भने आर्त अकुलिन तथा चन्द्रावति अधिकारी कार्यक्रममा जोडिनु भएपनि प्रविधिले धोका दिएकाले रचना वाचन गर्न पाउनुभएन ।

कार्यक्रममा अस्वस्थ भएपनि जनार्दन अधिकारी धड्कनले आफ्नो स्वास्थ्य सम्बन्धी केही भनाई र छोटो रचना वाचन गर्नु भई सामाजिक सन्जालमा मेरो स्वास्थ्य लाभको कामनाको विशेष सूचना संप्रेषण गर्नु हुने चुडा निर्भिक,सिता पाण्डे,सुधा बास्कोटा,पन्चाङ्ग प्रवर्तक,विनेसास महासचिव एबं झरका प्रवर्तक शिव खनाल एबं मेरो स्वास्थ लाभको कामना गर्नु हुने सम्पूणर् संघ संस्था र महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु भयो ।

कार्यक्रमकी सभापति श्रष्टा सुधा बास्कोटाले नारी विशेष कवि सर्जकहरुका रचानाले सकारात्मक सन्देश दिएको र पुरुष सर्जकहरु समेत नारी हक हितमा लाग्ने गरेको र रचनामा नारीलाई हौसला प्रदान गर्नु भएकोमा सबै सहभागी कविहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो ।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...