Sunday 23rd August 2026

सुर्खेतमा युवकको शंकास्पद मृत्यु प्रकरणः प्रहरी सहायक निरिक्षक विरूद्ध किटानी जाहेरी


कालीकोटका व्यवसायी कृष्ण हमाल (मिनी) को सुर्खेतमा शङ्कास्पद मृत्यु भएपछि मृतकका परिवारले प्रहरी सहायक निरीक्षक शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् । मृतकका बुवा कालीकोट तिलागुफा नगरपालिका–३ का ५४ वर्षीय हिराचन्द्र हमालले आज प्रसनि धामीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेका हुन् ।

प्रहरी चौकी सुब्बाकुनाका इञ्चार्ज रहेका सिंहले हमाल सवार ट्रकलाई नियन्त्रणमा लिई मरणासन्न हुने गरी कुटपिट गरेको परिवारको आरोप छ । प्रहरीले सवारी इजाजतपत्र नभएको भन्दै भे १ क ९२२ को मिनी ट्रकका सहचालक तिलक शाही र व्यवसायी हमाललाई निर्घात कुटपिट गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा भनिएको छ, ‘शरीरका विभिन्न संवेदनशील भागमा चोटपटक लागेका कारणबाट मृत्यु भएकाले निज अन्यायीलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को दफा ७७ बमोजिम ज्यानसम्बन्धी कसुर अपराध गरेकाले तत्काल पक्राउ गरी कानूनबमोजिम हदैसम्मको सजाय गरी पाउनुको साथै क्षतिपूर्तिसमेत दिलाइ पाऊँ ।’

व्यवसायी हमालको मृत्युको विषयलाई लिएर शनिबार वीरेन्द्रनगरमा तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।


सम्बन्धित शीर्षकहरु

हिन्दू, इस्लाम, यहूदी, बौद्ध र ख्रीष्टियन परम्पराले “ब्रह्माण्ड कसरी आयो?” भन्ने प्रश्नको एउटै उत्तर दिँदैनन्। कतै सृष्टिकर्ता परमेश्वर केन्द्रमा हुनुहुन्छ,…

गाजामा युद्धले खेलमैदान, विद्यालय र पौडी पोखरीसमेत ध्वस्त बनाइरहेका बेला Tantish Swimming Academy ले बालबालिकालाई समुद्रमै पौडी सिकाउने अभियान सुरु…

इरानी सांसदहरूले अमेरिकाको आर्थिक प्रतिबन्ध र इरानमाथि भएका सैन्य कारबाहीलाई कारण देखाउँदै परमाणु अप्रसार सन्धि (NPT) बाट औपचारिक रूपमा बाहिरिने…

प्रतिकृयाहरू
...