Saturday 5th September 2026

निलम्बित प्रधानन्यायधिशमाथिको महाभियोग प्रस्तावको प्रकृया संसदमा अघि बढ्यो


संघीय संसदमा निलम्बित प्रधानन्यायधिश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा प्रकृया अगाडि बढेको छ । सो प्रकृयाको लागि संसदमा ११ सदस्यीय ‘महाभियोग सिफारिस समिति’ गठन गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ मा महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

महाअभियोग सिफारिस समितिमा एमालेका तर्फबाट विष्णु पाैडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल रहेका छन् भने नेपाली कांग्रेसबाट मिनबहादुर बिक, रामबहादुर बिष्ट रहेका छन् । समितिका अन्य सदस्यहरमा माओवादीका तर्फबाट यसोदा सुवेदी  र रेखा शर्मा, नेकपा समाजवादीका तर्फबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादीबाट एकवाल मिया र जसपाबाट प्रमोद शाह रहेका छन् । उक्त समितिले अब अनुसन्धान कार्यविधि बनाएर अनुसन्धान प्रकृया अगाडि बढाउनेछ ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


सम्बन्धित शीर्षकहरु

रुसले शुक्रबार युक्रेनको राजधानी किएभस्थित युक्रेनको सुरक्षा सेवा (SBU) को प्रधान कार्यालयमा ड्रोन आक्रमण गरेको छ। साढे चार वर्षदेखि जारी…

जन-जागृति युवा समाज कुवेतले नेपालमा हालै आएको विनाशकारी विपत्तिबाट प्रभावित भोटेकोशी क्षेत्रका बाढीपीडितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले…

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ७ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।…

प्रतिकृयाहरू
...