Tuesday 13th October 2026

प्रेम थापाका पाँच उत्कृष्ट तथा दमदार प्रेमिल पञ्चाङ्गहरू


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

पञ्चाङ्ग १

मुटुको धड्कन बनी बस्नु छ
आँखाको नानी भित्र नै पस्नु छ
अनुभव अनि अनुभूतिले
जङ्घार तर्न कम्मर कस्नु छ
उपलब्धीलाई घुँडा धस्नु छ ।

२

मायाका लागि जोडले कराए भन्छन्
देउराली भाकी कसम खाए भन्छन्
साङ्केतिक इशारा अचम्म रहेछ
विना सङ्कोछ मन मै सजाए भन्छन्
मिलाएर मुटु मै बास बसाए भन्छन् ।

३

अजम्बरी नै हुन्छ कसम खाएको दिन
उपलब्धी पक्का हुन्छ माया लाएको दिन
अतितलाई त भुल्न कहिल्यै सकिँदैन
सम्झनाको महल हुन्छ रमाएको दिन
बेशी धाएको दिन र फेरि गाएको दिन ।

४

किन हो मैनबत्ती निभायौ तिमीले
त्यही मौका छोपेर फसायौ तिमीले
स्थायी उपलब्धी हुन्छ हुन्न के थाहा
अनायासै निद्रामा उठायौ तिमीले
आज प्रेम युद्धमा हरायौ तिमीले ।

५

साच्चै तिमी त नजिक लागेन
व्यवहार पनि ठिक लागेन
हात साथ र जीवन मागेको
स्वीकार भाव मार्मिक लागेन
सोच्ने क्षमता अधिक लागेन ।

✍️प्रेम थापा “मन ” बागलुङ्ग


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...