Sunday 16th August 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९२ औं काव्य श्रृङ्खला सम्पन्न


काठमाडाैं – चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९२ औं काव्य श्रृङ्खला यही २०७८ फागुन १८ गते भव्य रूपमा सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, बरिष्ठ हास्य व्यङ्ग्यकार एबं प्राज्ञ नरनाथ लुईंटेलको प्रमुख आतिथ्यता तथा डा.बम बहादुर थापा, कलानिधि दाहालको विशिष्ट आतिथ्यता अनी सुधा बास्कोटाको कुशल उद्घोषणमा ९२ औं हाँस्य व्यङ्ग्य विशेष काव्य श्रृङ्खला १७ जना बरिष्ठ साहित्यकारहरुको सहभागितामा हाँस्य व्यङ्ग्य रचनाको बेजोड प्रस्तुति सहित सम्पन्न भयो ।

९२ औं काव्य श्रृङ्खलाका उपस्थित अतिथि हाँस्य व्यङ्ग्य साहित्यकारहरुमा,लक्ष्मी प्रसाद मिश्र,यज्ञलाल सुवेदी,सिर्जना खनाल,द्वारिका कुईकेल,उर्मिला पन्त,शुरेश घिमिरे,शारदा आचार्य,चन्द्रावती अधिकारी,बिनु बाबा घिमिरे,सिता घिमिरे चुडा निर्भिक,सुधा बास्कोटा लगायत १७ जना साहित्यकारहरूले आ-आफ्ना हाँस्य व्यङ्ग्य रचना कविता,मुक्तक,खोरिया,प्यारोडी प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमा प्रमुख अतिथि लुईंटेलले हाँस्य व्यङ्ग्य अहिले पछिल्लो पुस्तामा पुनरा वृत्ति भएकोछ। चन्द्रागिरिको यो कार्यक्रम पनि महत्व पूणर् बनेको छ भन्नु भयो ।हास्य र व्यङ्ग्यको उचित संयोजन भएन भने हुँदैन भैरव अर्याल जस्तो,केशव राज पिंडाली,श्यम गोतामेको जस्तै हुनु पर्दछ भन्नु भयो ।

डा. बम वहादुर थापाले चाहन्छु भन्ने शव्दको प्रयोग नेताहरुले जस्तो गर्नु हुन्न बधाई दिन्छु,धन्न्यवाद दिन्छु भन्नु पर्छ चाहना गरेर मात्र हुँदैन भन्नु हुँदै पद, पैसा र पावरको कमाल व्यङ्ग्य कविता सुनाउनु भयो ।कला निधि दाहालले व्यङ्य भनेको जस्ताको तस्तै गाली गर्ने होइन त्यसमा कलात्मक पक्षको सिरक ओडाउन सक्नु पर्छ भन्नु हुँदै खाली खाली भएँछु म शिर्षकको कविता सुनाउनु भयो ।
सो अवसरमा गंगा लिगलको कविता सुधा वास्कोटा ढकालले पढेर सुनाउनु भयो । अध्यक्ष धड्कनज्यूले पद्म दीपा पौडेल स्मृति सम्मान तथा पुरस्कार प्रप्त गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्नु भयो ।

अध्यक्ष जनार्दन अधिकारी धड्कनले (खोरिया पर्वतक)को हैसयतले खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको कविताको उपविधा खोरियाको चिनारी दिनु हुदै गजल सुनाउनु भयो । हामीले विधागत,विषयगत काव्य श्रृङ्खला गर्ने मौका पाईरहेका छौं हरेक श्रृङ्खलामा यहाहरूको अमूल्य समय पाएर कार्यक्रमले निरन्तरता र लोक प्रियता पाएको र आयोजकलाई खुशी थपिएको भन्नु हुदै सम्पूणर् उपस्थित अतिथि साहित्यकारहरूमा हार्दिक आभार व्यक्त गर्नु हुँदै हाँस्य रचना सुनाई समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले रुसको सामारा क्षेत्रमा रहेको TsSKB-Progress अन्तरिक्ष तथा रकेट उत्पादन केन्द्रमा लामो दूरीको क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ। युक्रेनी राष्ट्रपति…

कुवेतमा २४ वर्षीय युवक गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका छन्। उनलाई खुट्टा र छातीमा पहिलो…

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

प्रतिकृयाहरू
...