Tuesday 13th October 2026

निर्मला सुवेदीका दमदार पाँच मुक्तकहरू


मुक्तक ०१
रमाएर बाँच्ने हो कमाएर खाने हजुर
तेरो मेरो बेकार सबै छाडी जाने हजुर
सुख होइन हजुर सन्तोष ठूलो दुनियाँमा
अनुभव नै मैले ठूलो सिकाइ ठाने हजुर।

मुक्तक ०२

अाँशु भित्र हाँसो लुकेको देखेको छु
तिम्रा वचन बाण त्यागले छेकेको छु
सुखदुःख केहि होइन सोच्दा घरिघरि
सुख हुँदै होइन हजुर दुख खेपेको छु।

मुक्तक ०३

अामाको अस्मिता जोगाउन छोराले गोली थापेको छ
उता सत्ताको नाइकेले सडकमा फेरि गोली ताकेको छ
जनताको शक्ति छ अपार सत्ताधारी होशियार खबरदार!
पलुवाहरु हो अब स्वाभिमानी जनताको रगत तातेको छ।

मुक्तक ०४

सुन्दैछु बाहिर सडकमा गोली चलेको छ
नालायक शासन देख्दा छाती जलेको छ
खबरदार,होशियार सबथोक होइनौं तिमी
विचार गर तिमीले टेकेको ठाउँ गलेको छ।

मुक्तक ०५

ठूलो हुनु छैन कमाएर धन हजुर
कर्म गर्नु छ लगाएर तन मन हजुर
मरिहत्ते किन हो र मरी लाने होइन
पसिना बगाउनु छ रमाएर झन हजुर।

निर्मला सुवेदी, बागलुङ ।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...