Tuesday 13th October 2026

प्रतिमा शिवाकोटी (उप्रेती)को गजल संग्रह, भाग – ३५


बोल्नु भन्दा कहिलेकाहीँ, नबोलेकै जाती लाग्छ।
आफ्नो जस्तो अरुको मन, नपोलेकै जाती लाग्छ।

दुःख पाउँदा खुशी हुने,सुखी देख्दा जल्ने सङ्ग,
जिन्दगीको कथा ब्यथा, नखोलेकै जाती लाग्छ।

बदलाको भाव राखी,जो कोहिलाई पिलाउन,
अमृतको सट्टामा विष, नघोलेकै जाती लाग्छ।

बजारमा सजिलै त्यो, किन्बेच हुने जस्तो गरि,
माया पिरतिको मुल्य, न मोलेकै जाती लाग्छ।

तिल जत्रो समस्यालाई, पहाड भन्दा ठुलो बनाइ,
नचाहिँदो कुरा गाउँमा, न ढोलेकै जाती लाग्छ।

प्रतिमा शिवाकोटी (उप्रेती)
भुम्लु गाउँपालिका,८ भुम्लुटार,काभ्रेपलान्चोक
(रचना: २०७८ फाल्गुन १७ मंगलबार)


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...