Saturday 20th April 2024

फिफा र यूइएफएले लगाए रुसलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध


रुसले  युक्रेनलाई सैन्य कारबाही अघि बढाए संगै रुसमाथि  चौतर्फी अन्तरास्ट्रिय दवाव  बढेको छ यसको प्रबाह खेल जगतमा शुरु भएको छ जसमध्ये विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल निकाय (यूइएफए)ले रुसी टोलीलाई क्लबस्तरीय र अन्तर्राष्ट्रिय सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

फिफा र यूइएफएले विश्वकप २०२२ र महिला युरोपियन च्याम्पियसिपमा २०२२ सहभागीताको लागि इन्कार गर्दै सबैखाले अन्तर्राष्ट्रिय प्रतियोगितामा रुसी टोली प्रतिबन्ध गरेका हुन् । यूइएफएले रुसको राज्य नियन्त्रित गाज्प्रोमसँगको सम्बन्ध समेत तोडेको छ । गाज्प्रोम युरोपियन च्याम्पियन्स लिगको मुख्य प्रायोजक हो । यसअघि रुसले आगामी खेलहरु फुटबल युनियन अफ रुस (आरएफयू) को रुपमा खेल्नुपर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।

 

 


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...