Sunday 11th October 2026

रुसले युक्रेनमा आक्रमण गरे पछि युक्रेनी शरणार्थीहरूको संख्या ३ लाख ६८ हजार पुग्यो : संयुक्त राष्ट्र संघ


जिएनन (इ-नेप्लिज) -रुसले युक्रेनमा ४ दिन देखि लगातार गरेको आक्रमणबाट त्यहाँबाट ज्यान बचाउन भाग्नेको संख्या अत्यधिक बढेको छ ।

संयुक्त राष्ट्र संघको एक अनुमान अनुसार हाल अहिले ३६८ ,००० युक्रेन शरणार्थी पुगेको जनाएका छन् ।

गत बिहीबार देखि रुसको आक्रमणपछि झण्डै ४ लाख युक्रेनी शरणार्थीहरू आफ्नो घर छोडेर भागेका छन्, शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले आइतवार प्रतिवेदन दिएको छ ।

युक्रेन शरणार्थी संख्या भर्खरै अध्य्वाधिक (ताजा )गरिएको छ – यी राष्ट्रिय अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्कमा आधारित छन्।

हालको कुल संख्या अहिले ३६८,००० छ र बढ्न जारी छ,” युएनएचसिआरले आइतवार सामाजिक संजाल ट्वीट मार्फत उक्त जानकारी गराएको हो ।

ठूलो भीड देशका शहरहरूबाट भाग्न खोजेको छ । मानिसहरूले पोल्याण्ड र युरोपेली संघ तर्फ पश्चिम तर्फ जाने क्रममा सडकहरू अवरुद्ध भएका छन भनि सिएनएनले समाचार लेखेका छन् ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...