Friday 17th May 2024

रुसले युक्रेनमा आक्रमण गरे पछि युक्रेनी शरणार्थीहरूको संख्या ३ लाख ६८ हजार पुग्यो : संयुक्त राष्ट्र संघ


जिएनन (इ-नेप्लिज) -रुसले युक्रेनमा ४ दिन देखि लगातार गरेको आक्रमणबाट त्यहाँबाट ज्यान बचाउन भाग्नेको संख्या अत्यधिक बढेको छ ।

संयुक्त राष्ट्र संघको एक अनुमान अनुसार हाल अहिले ३६८ ,००० युक्रेन शरणार्थी पुगेको जनाएका छन् ।

गत बिहीबार देखि रुसको आक्रमणपछि झण्डै ४ लाख युक्रेनी शरणार्थीहरू आफ्नो घर छोडेर भागेका छन्, शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले आइतवार प्रतिवेदन दिएको छ ।

युक्रेन शरणार्थी संख्या भर्खरै अध्य्वाधिक (ताजा )गरिएको छ – यी राष्ट्रिय अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्कमा आधारित छन्।

हालको कुल संख्या अहिले ३६८,००० छ र बढ्न जारी छ,” युएनएचसिआरले आइतवार सामाजिक संजाल ट्वीट मार्फत उक्त जानकारी गराएको हो ।

ठूलो भीड देशका शहरहरूबाट भाग्न खोजेको छ । मानिसहरूले पोल्याण्ड र युरोपेली संघ तर्फ पश्चिम तर्फ जाने क्रममा सडकहरू अवरुद्ध भएका छन भनि सिएनएनले समाचार लेखेका छन् ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...