Saturday 18th May 2024

शोभा आचार्य गौतमका ६ षड्ऋतुहरू


षडऋतु
सहर

यो कस्तो सहर
बाध्यता हरुमा
दिन रात एकै
अनगिन्ती ईच्छा
सग सगै लिई
दौडिरहेछ उ ।

बिहान चराको
आवाज सुनेर
ब्यक्तिका बाध्यता
सङ्ग सङ्गै साथ
दिदै एकोहोरो
प्रस्तुत हुदैछ ।

विभिन्न जिल्लाका
ब्यक्तिहरुको उ
कर्म थलो बन्दै
आबस्यक पूरा
गर्न लागि पर्दै
साथ दिएकैछ।

दिदैछ उ साथ
धुलो , धुवा खादै
चिसोको सिरेटो
गर्मिको पसिना
नभनी सहेर
पछ्याई रहेछ।

सहर त नाम
तर केगर्नु खै
आ आफ्नै ब्यस्तता
बिच सन्नाटामा
प्रदर्शित गर्न
लागिपर्दैछ उ।

दुरि छैन यहाँ
घना बस्ती बिच
तैपनि संचार
कति कमि ओहो
कोशौ दुर जस्तै
बन्दैछ सहर।

-शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...