Friday 11th September 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९१ औं काव्य श्रृङ्खला भव्यरूपमा सम्पन्न


काठमाडाैं – चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९१ औं काव्य श्रृङ्खला यहि २०७८ फागुन ११ गते अनलाइन भर्चुअल माध्यमबाट भव्यरूपमा सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, डा.देवी पन्थीको प्रमुख आतिथ्य तथा कलानिधि दाहाल,छायाँ दत्त न्यौपाने,गंगा लिगलको विशेष आतिथ्यता अनी सुधा बास्कोटाको कुशल उद्घोषणमा ९१ औं गजल विशेष काव्य श्रृङ्खला २१ जना बरिष्ठ साहित्यकारहरुको सहभागितामा सम्पन्न भयो ।

९१ औं काव्य श्रृङ्खलाको उपस्थित अतिथि साहित्यकारहरुमा ,दुर्गा अधिकारी भमरकोटे,खगेन्द्र बस्याल,लक्ष्मी प्रसाद मिश्र,उर्मिला पन्त,आर्त अकुलिन,शुरेश घिमिरे,शारदा आचार्य,नारायण प्रसाद निरौला,चन्द्रावती अधिकारी,हरि प्रसाद चौलागाईं,,सीता घिमिरे,बिनु बाबा घिमिरे,दुर्गा क्षेत्री,गंगा गहतराज,चुडा निर्भिक,सुधा बास्कोटा लगायत २१ जना साहित्यकारहरूले आ-आफ्ना गजल रचना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमा डा,देवी पन्थीले गजलको ऐतिहासिक पृष्ट भूमि सातौं शताव्दी देखि नेपालमा मोतिराम काल,उपेन्द्र बहादुर जिगर,ज्ञानु वाकर पौडेल र बर्तमान सम्मको विकाश क्रम प्रष्ट पार्नु हुँदै गजल नारि सँगको प्रणय वार्ता प्रधान हुन्छ बहर विनाको गजल हुँदैन अब गजलको स्वरूप चारू,राग विरागमा पनि लेख्न सकिने स्पष्ट सैदान्तिक आधार बनेको छ भन्नु भयो ।चन्द्रागिरिको यो लोक प्रिय कार्यक्रममा नया तथा पुराना विशिष्ठ साहित्यकारहरुको विच उपस्थित भई भेट्ने मौका प्रति खुशी व्यक्त गर्नु हुँदै अध्यक्ष धड्कन जी लगायत चन्द्रागिरि परिवारमा धन्यवाद व्यक्त गर्नु भयो ।

कलानिधि दाहालले कार्यक्रमले नया शिकारूलाई पनि लेखनमा खारिएर स्थापित बनाएकोछ भन्नु भयो ।गंगा लिगल,छाया दत्त न्यौपाने शुभकामना व्यक्त गर्दै आफ्ना रचना सुनाउनु भयो ।

अध्यक्ष जनार्दन अधिकारी धड्कनले (खोरिया पर्वतक)को हैसयतले खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको कविताको उपविधा खोरियाको चिनारी दिनु हुदै गजल सुनाउनु भयो । हामीले विधागत, विषयगत काव्य श्रृङ्खला गर्ने मौका पाईरहेका छौं हरेक श्रृङ्खलामा यहाहरूको अमूल्य समय पाएर कार्यक्रमले निरन्तरता र लोकप्रियता पाएको र आयोजकलाई खुशी थपिएको भन्नु हुदै सम्पूर्ण उपस्थित अतिथि साहित्यकारहरूमा हार्दिक आभार व्यक्त गर्नु हुँदै समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...