Sunday 6th September 2026

लामोसमयपछि माओवादीकेन्द्र र एमाले बीच छलफल सम्पन्न


प्रमुख प्रतिपक्ष दल  नेकपा एमाले र सत्ता गठबन्धन दल माओवादी केन्द्रबीचको छलफल सकिएको छ। बिहीबार साँझ कांग्रेस-एमाले छलफल  लगत्तै एमाले र माओवादी केन्द्रका नेताहरूबीच संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो। छलफलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्बाङ तथा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, देव गुरूङ र नारायणकाजी श्रेष्ठ थिए।

माओवादी केन्द्रसंग  अहिलेको अवस्था, संसद गतिरोध र एमसिसीबारे छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए।  दूई दलको    २०७७ साल पुसपछि यो तहको छलफल पहिलो पटक भएको हो।’आफूहरूले छलफललाई निरन्तरता दिने भनेको समेत उनले बताए। यस्तै, माओवादीका तर्फबाट शक्तिबहादुर बस्नेतले एमालेसँग संसदको गतिरोध र एमसिसीबारे छलफल भएको बताए।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले Decision No. 1410 of 2026 जारी गर्दै विदेशी नागरिकसम्बन्धी रेसिडेन्सी कानुनको कार्यान्वयन नियमावलीमा महत्वपूर्ण संशोधन गरेको छ।…

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

प्रतिकृयाहरू
...