Saturday 4th April 2026

सर्जक गुणनिधि घिमिरेका वृद्धवृद्धाहरू विशेष मुक्तकहरू



जाँदा जाँदै जिन्दगीको बाटो कहाँ अल्मलियो
थाहै नपाई समयले डाँडा काट्यो खल्बलियो
मलाई मात्र हो कि यस्तो अरूलाई पनि हुन्छ ?
काँढा बनी बिचै बाट मेरो बाटो ढल्फलियो ।


आकाशतिर फर्किएर ग्रह तारा गन्छु कहिले
जमिनतिर घोत्लिएर भुईंको माटो खन्छु कहिले
आफ्नै सन्तान सम्झिएर रुँदा रुँदै थाकि सकेँ
टुङ्गिए नी हुन्थ्यो मेरो यात्रा अब भन्छु कहिले ।


हातखुट्टा चल्नै छाडे खानेकुरा निल्नै गाह्रो
पानी दिने मान्छे छैन एक्लै हुँदा झनै गाह्रो
एक्लो पारी छाडी गयौ बाँच्न मलाई कठिन भयो
सम्झिएर मन बुझाउन हुने रहेछ धेरै गाह्रो ।


बल बुद्धि बर्कत हुँदा सबले गर्थे हाई हाई
अहिले सारा शक्ति घट्यो टाढा भए दाजुभाई
भेट्न आउने पनि जान्छन् चिप्लो धसी फर्किएर
जिन्दगीको अन्तिम क्षणमा निकै गाह्रो भयो मलाई ।
~~~~~~~~~~~~~~~~~~~~~~~~
गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...