Friday 26th September 2025

प्रतिमा सिवाकोटीको गजल संग्रह, भाग – ३३


स्वार्थी यो दुनियाँमा, लाग्दैन कोहि जाती हजुर।
जता फर्क्यो उतै देख्छु, मात्रै आत्माघाती हजुर।

समाजका ती बुद्धिजीवी, भनाउँदाहरुले नै,
सधैंभरी गरेको त्यो, देख्दा खुराफाती हजुर।

ढाँट्दै,छल्दै, झुठो बोल्दै, गरेपछि अत्याचार,
भन्न पनि घिन लाग्यो,आफ्नै छोरा नाति हजुर।

फटाहा र धुसखोरीलाई, सबै सामु बोलाएर,
उच्च सम्मान गर्दै लाएपछि फुलपाती हजुर।

जाली, शोषक, भ्रष्टाचारी, संगै बलात्कारी पनि,
निर्धक्क भै फुलाएर, हिड्दा खेरि छाती हजुर।

प्रतिमा शिवाकोटी(उप्रेती)
भुम्लु गाउँपालिका ८,भुम्लुटार,काभ्रेपलान्चोक
रचना:२०७८/११/०८ आइतबार


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको पाङ्ग्रा राख्ने ठाउँ (विमानको पाङ्ग्रा राख्ने ठाउँ) मा लुकेर काबुलबाट दिल्ली पुगेको एक अचम्मलाग्दो…

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

प्रतिकृयाहरू
...