Thursday 2nd May 2024

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला – अठार (१८)


“पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार”

विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७८/ ११ / ०४
………………………………………….
प्रशिक्षक:-
सोमनाथ लुइटेल रवि पाल्पाली
सविता के.सी.

भाषा शुद्धीकरण सुझाव :-
सुशीला पौडेल
सविता के.सी.
चन्द्रावती अधिकारी

सङ्कलक :-
सोमनाथ लुइटेल

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================
अठारौं श्रृङ्खलाको अभ्यासमा दिएको अनुप्रास अनि आफुखुशी स्थाई राखेर १६ अक्षरमा पञ्चाङ्ग वा समपञ्चाङ्ग लेख्नु हुन अनुरोध गरिएकोमा कार्य व्यस्तताको वावजुद पञ्चाङ्ग सिर्जना गरेर पठाउनु भएका सम्पूर्ण सर्जकहरूमा धन्यवाद व्यक्त गर्दछौँ।

अनुप्रास
————–
थालिनौ पालिनौ हालिनौ बालिनौ चालिनौ ढालिनौ
टालिनौ दालिनौ

३+२+३+२+३+३
———————————-

पञ्चाङ्ग ०१

मायाले गर्दा दु:खेको मन टालिनौ तिमीले
मेरोनै लागि पाइला किन चालिनौ तिमीले
बन्धन थियो बलियो तर जोगिन सकेन
दिलमा भयो अँध्यारो दिप बालिनौ तिमिले
रुचायौ कालो दियोमा तेल हालिनौ तिमीले।

✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “

पञ्चाङ ०२

बुहारी भयौ साँझमा बत्ति बालिनौ तिमीले
वरिपरि भत्कियो त्यो भित्ता टालिनौ तिमीले
बतिस लक्ष्ण कुल घरानकी केटी हुन् भन्थे
सहि मार्ग हेरेर पाइला चालिनौ तिमीले
असल खराब छुट्टाउन थालिनौ तिमीले ।

✍️तारा घिमिरे, संखुवासभा

पञ्चाङ्ग ०३

नानी तिमीले आफ्नाे काम किन थालिनाै भन ।
वस्तुभाउ भाेकाए घाँस किन हालिनाै भन।
मुठि खाए उठि बस्ने, मानाे खाए वनै पस्ने
दुई चार वटा वाख्रा नि किन पालिनाै भन।
मुसाले घर प्वाल पर्यो किन टालिनाै भन ।

✍️मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग ४
समपञ्चाङ्ग

——————————————————
मायाको पाटो सजिलो बाटो चालिनौ माकुरी
प्रेमको बाती हालेर बत्ती बालिनौ माकुरी
जिन्दगी गयो अबेला भयो सोचे झैँ भएन
उठेका सारा रिसका झोँका ढालिनौ माकुरी
सजिलो सानो समस्या पनि टालिनौ माकुरी

देखेर काम आफैंले गर्न थालिनौ माकुरी
गोडेर कैल्यै फूलमा पानी हालिनौ माकुरी
त्यसैले मैले छोडेर तिमी गौंथली ल्याएको
अँगालो बाँधी कहिल्यै पनि गालिनौ माकुरी
भएको कुरा दिएर खान पालिनौ माकुरी
——————————————————
✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

पञ्चाङ्ग ०५

कर्म बिर्सियौँ सासू ससुरा पालिनौ तिमीले,
घर लक्ष्मी लच्छिनको दियो बालिनौ तिमीले।
कुमालले को चक्र जस्तो धुम्दै आउँछ पालो,
सत् कर्मको कहिले पाईला चालिनौ तिमीले,
भत्कायौ रहरले बिग्रेको टालिनौ तिमीले।

✍️दुर्गा आचार्य , मोरङ

पञ्चाङ्ग ०६

#पञ्चाङ्ग १६ अक्षर ३ २ ३ २ ३ ३

स्वर त्यो मिठो,सोचाइ छिटो थालिनौ तिमीले
पीडा छ झन , दु:खेको मन टालिनौ तिमीले
सोझा ती बाबा,मायालु आमा रुन्छन् ती धर्केर
हुर्काए उनी , मायाका खानी पालिनौ तिमीले
जानेको सीप , दयालु दीप बालिनौ तिमीले।

✍️प्रेम थापा, बागलुङ

पञ्चाङ्ग ०७

रोएको दिल तिम्रो बुझाउन थालिनौ किन ?
अँध्यारो हटाउनलाई दीप बालिनौ किन ?
भूल हुनसक्छ कर्ममा सच्याउन सकिन्छ
सुधारको कदम त्यो तिमीले चालिनौ किन?
उध्रिएको दिललाई तिमीले टालिनौ किन?

✍️निर्मला सुवेदी, बागलुङ।

पञ्चाङ्ग ०८

गोठको आज भकारो किन फालिनौ तिमीले
चारोटा गाई कुखुरा हाँस पालिनौ तिमीले
सौखिन सधैं भएर हिड्नु हुँदैन ए नानी
हामीले जस्तो साँझको बत्ती बालिनौ तिमीले
हेरेर मात्र बस्यौ नी काम थालिनौ तिमीले ।

✍️सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ ०९

लक्ष्य बुजेर कदम पनि ढालिनौ तिमीले
सत्कर्मको बाटो हिड्न कतै थालिनौ तिमीले
दुःख सुख आउछ जान्छ हरेस खानु हुन्न
खुसीको मुहान फेर्न मन टालिनौ तिमीले
अन्धकार जीवनमा दिप बालिनौ तिमीले

✍️चेतना पोखरेल, मोरङ

पञ्चाङ्ग १०

रोपेको थिएँ प्रेमको फूल पालिनौ तिमीले
कञ्चन मन सौगात लिन थालिनौ तिमीले
जाँदैछु टाढा सदाको लागी खुसी भै जिउनु
कसोरी बसुँ प्रेमको दियो बालिनौ तिमीले
निष्ठुरी भयौ कदम तिम्रा चालिनौ तिमिले।

✍️पद्मा रिजाल – बाँके

पञ्चाङ्ग ११

मनकाे पिर मनैमा राखि फालिनाै किनहाे?
मायाकाे दियाे बालन भन्दा बालिनाै किनहाे?
अगाद माया दिएर राख्छु भनेकै थिएँ नि
तैपनि तिम्ले कदम यता चालिनाै किनहाे?
गरेर माया जीवन धान्न थालिनाै किनहाे?

✍️रामराजा के. सी.
फर्पिङ, काठमाडौँ

पञ्चाङ्ग १२

देशको रक्षा गर हे पशुपतिनाथ
नायक बुद्धि भर हे पशुपतिनाथ
किन यस्तो बनाउन खोज्दैछन सोछ
खराब तत्व हर हे पशुपतिनाथ
अस्मिता बच्ने वर हे पशुपतिनाथ।

✍️गणेश पौडेल, कालिका ६ सूर्यपुर चितवन।

पञ्चाङ्ग १३

उज्यालो हुन्न आशाको दियो बालिनौ है प्रिय
जानुपर्छ छाडेरभन्दै प्वाल टालिनौ है प्रिय
खानुहुन्न भन्थे हरेस चरेस नखानु है
बस्नुहुन्न कुँजिएर, पाउ चालनौ है प्रिय
विश्वासको बिउ बेर्नम थियो पालिनौ है प्रिय ।

✍️सविता के.सी. काठमाडौं

पञ्चाङ्ग १४

टुक्की भरि तेल थपि दिएथें बालिनौ प्रिया
माटो ठीकै थियो चर्केको भित्तो टालिनौ प्रिया
यसो हेर विचार गर्नु पर्छ तिमीले पनि
फूलहरू पहेंलिएछ पानी हालिनौ प्रिया
मेरो काम हो भन्ने सोच किन पालिनौ प्रिया?

✍️अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

पञ्चाङ्ग १५


आशा थियो प्रेम दीपको तर बालिनौ, किन ?
कदम अघि चाल्छौं सोचेँ तर चालिनौ, किन?
ठिकै छ, एकोहोरै भए पनि सँगाल्छु माया,
भर्खर उद्भिद दीपमा तेल हालिनौ किन?
कति स्वार्थी ! चुहिने प्वाल पनि टालिनौ, किन?


लुकाएरै भएनी पीडा बोल्न थालिनौ, किन ?
मायाको चौतारीमा पनि पानी हालिनौ, किन?
बिर्सी पसिना रोप्दाको, डढेलो लगाउँदै छौ
सेप लागेको ऐजेरु त्यसै छ ढालिनौ, किन?
सम्बन्धको सुशील शिशु पनि पालिनौ, किन?

✍️केशब न्यौपाने, नुवाकोट

पञ्चाङ्ग १६

आर्काको स्वार्थको लागि इच्छा पालिनै तिमीले
परम्परा जोगायौ विकृती फालिनौ तिमीले
काम सुरु गर्नलाई आफ्नै जाँगर चाहिन्छ
अँध्यारो भयो दियो कहिले बालिनै तिमीले
एक्लै बढ्न नसकी कदम चालिनौ तिमीले ।

✍️सुशीला पौडेल, काठमाडौं

पञ्चाङ्ग १७
———-

लेकमा फुल्यो गुराँस रातो फूलको माया छ ।
उकालो हिँड्दा पानीमा मीठो मुलको माया छ ।
समय पनि के भयो यस्तो बुझ्न नै कठिन,
किराले डस्ला भनेर बच्न झुलको माया छ ।
सन्तान राम्रो दु:खमा हेर्ने कुलको माया छ ।

✍️आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १८

भत्केका हाम्रा संस्कारलाई टालिनाै पियारी,
पिपलु तुल्सी जरामा पानी हालिनाै पियारी।
नारी नै लक्ष्मी घरकी देवी धर्मले भन्दछ,
सम्झेर कुल साँझमा दीप बालिनाै पियारी ।
भुल्याै नि रीत मनमा धर्म पालिनाै पियारी।

✍️चन्द्रावती अधिकारी
काेहलपुर वाँके


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...