Saturday 4th April 2026

प्रेम थापाका उत्कृष्ट ५ (पाँच) पञ्चाङ्गहरू


“ पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “

पञ्चाङ्ग ०१

अरुको साधारण आफ्नो सोच निकै खदिलो हुन्छ
सधैंको उही धोकेवाज पैसाले नै गतिलो हुन्छ
भित्र ञ्भित्र पीडा बर्साएको थाहा छैन कसैलाई
मन नपर्दा चेपारे परे ञ् पछि गहकिलो हुन्छ
दुःख दिने त्यो धनी मान्छे आफै सधै भरिलो हुन्छ ।

पञ्चाङ्ग ०२

नेपालमा ठेस लगाई अन्तै मन सजाए भन्छन्
विना संकोच सम्झौताको कसमहरू खाए भन्छन्
जनताको मतलबै नगरी आफ्नै दुनो सोझाई,
पैसाको जोहोले ठाउँ ठाउँमा बस्ती बसाए भन्छन्
सामाजिक रीति भुली सभ्यता सारा भगाए भन्छन्।

पञ्चाङ्ग ०३

आफ्नै आफन्त पनि नजिक लागेन भन्छन्
किनकि त्यो व्यवहार ठिक लागेन भन्छन्
मनको ञ् तरङ्ग कसरी बहन्छ के सोच्छ,
सुनेका कुरा नै आधुनिक लागेन भन्छन्
खै ! किन आफैंलाई मार्मिक लागेन भन्छन् ।

पञ्चाङ्ग ०४

अचम्मैको माया पनि लाएको धेरै भो
वियोगको गीत पनि गाएको धेरै भो
नघट्छ नबढ्छ नजोखिन्छ नरोकिन्छ
दुःखको अमृतले अघाएको धेरै भो
नबिर्सने उपहार पाएको धेरै भो !

पञ्चाङ्ग ०५

लगातार लाग्थ्यो कसरी सम्हालु मन हिजो
किन तिमीले सार्‍है देखायौ तुच्छपन हिजो
तिम्रो व्यवहार, कहानी बुढो नहोला कतै
घाँडो भयो तिमीलाई सुम्पिएको तन हिजो
माया थियो र त अयोग्य भयो धड्कन हिजो ।

✍️प्रेम थापा, बागलुङ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...