Friday 3rd May 2024

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९० औं काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९० औं काव्य श्रृङ्खला यहि २०७८ साल फागुन ४ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, डा.बम बहादूर थापा जितालीको प्रमुख आतिथ्यता तथा गंगा लिगलको विशिष्ट आतिथ्यता अनी चुडा निर्भिकको कुशल उद्घोषणमा ९० औं स्वतन्त्र विधा काव्य श्रृङ्खला १७ जना बरिष्ठ साहित्यकारहरुको सहभागितामा सम्पन्न भएको हो ।

९० औं काव्य श्रृङ्खलाको उपस्थित अतिथि साहित्यकारहरुमा ,द्वारिका कुईंकेल,लक्ष्मी प्रसाद मिश्र,उर्मिला पन्त,शारदा आचार्य,हरि प्रसाद चौलागाईं,सरस्वती श्रेष्ठ,शुरेश घिमिरे,गोम बिक्रम,टेक बहादुर लौडारी,सीता घिमिरे,बिनु बाबा घिमिरे,लगायत ११६ जना साहित्यकारहरूले आ-आफ्ना रचना कविता,खोरिया,गजल प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममन डा. बम वहादुर थापा जितालीले चन्द्रागिरिको कार्यक्रमको लोकप्रियता छ । नयाँ तथा पुराना विशिष्ठ साहित्यकारहरुको विच हुने यो कार्यक्रमले नयाँ शिकारूलाई पनि लेखनमा खारिएर स्थापित बनाएको छ भन्नु हुँदै फुटेको फर्सी कविता सुनाउनु भयो ।

अध्यक्ष जनार्दन अधिकारी धड्कनले (खोरिया पर्वतक)को हैसयतले खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको कविताको उपविधा खोरियाको चिनारी दिनु हुदै स्रग्धरा छन्दको कविता सुनाउनु भयो । हरेक श्रृङ्खलामा यहाहरूको अमूल्य समय पाएर कार्यक्रमले निरन्तरता र लोक प्रियता पाएको र आयोजकलाई खुशी थपिएको भन्नु हुदै सम्पूर्ण उपस्थित अतिथि साहित्यकारहरूमा हार्दिक आभार व्यक्त गर्नु हुँदै समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...