Saturday 4th April 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९० औं काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९० औं काव्य श्रृङ्खला यहि २०७८ साल फागुन ४ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, डा.बम बहादूर थापा जितालीको प्रमुख आतिथ्यता तथा गंगा लिगलको विशिष्ट आतिथ्यता अनी चुडा निर्भिकको कुशल उद्घोषणमा ९० औं स्वतन्त्र विधा काव्य श्रृङ्खला १७ जना बरिष्ठ साहित्यकारहरुको सहभागितामा सम्पन्न भएको हो ।

९० औं काव्य श्रृङ्खलाको उपस्थित अतिथि साहित्यकारहरुमा ,द्वारिका कुईंकेल,लक्ष्मी प्रसाद मिश्र,उर्मिला पन्त,शारदा आचार्य,हरि प्रसाद चौलागाईं,सरस्वती श्रेष्ठ,शुरेश घिमिरे,गोम बिक्रम,टेक बहादुर लौडारी,सीता घिमिरे,बिनु बाबा घिमिरे,लगायत ११६ जना साहित्यकारहरूले आ-आफ्ना रचना कविता,खोरिया,गजल प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममन डा. बम वहादुर थापा जितालीले चन्द्रागिरिको कार्यक्रमको लोकप्रियता छ । नयाँ तथा पुराना विशिष्ठ साहित्यकारहरुको विच हुने यो कार्यक्रमले नयाँ शिकारूलाई पनि लेखनमा खारिएर स्थापित बनाएको छ भन्नु हुँदै फुटेको फर्सी कविता सुनाउनु भयो ।

अध्यक्ष जनार्दन अधिकारी धड्कनले (खोरिया पर्वतक)को हैसयतले खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको कविताको उपविधा खोरियाको चिनारी दिनु हुदै स्रग्धरा छन्दको कविता सुनाउनु भयो । हरेक श्रृङ्खलामा यहाहरूको अमूल्य समय पाएर कार्यक्रमले निरन्तरता र लोक प्रियता पाएको र आयोजकलाई खुशी थपिएको भन्नु हुदै सम्पूर्ण उपस्थित अतिथि साहित्यकारहरूमा हार्दिक आभार व्यक्त गर्नु हुँदै समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...