Thursday 12th March 2026

निर्मला सुवेदीका उत्कृष्ट पाँच (५) पञ्चाङ्गहरू


” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

पञ्चाङ्ग ०१

धेरै कुरा मिल्यो तर सार मिलेन
तिथि नक्षत्र मिल्यो खै बार मिलेन
संसार विचित्रको त्यस्तै जिन्दगानी
दुईवटा राना बस्ने घार मिलेन
छुटेको नाता जोड्ने तार मिलेन।

पञ्चाङ्ग ०२

झुपडीमा हुर्केको हुँ अामाको मर्म बुझेको छु
जीवन जगत अनि मानव धर्म बुझेको छु
खानका लागि मात्र होइन हजुर यो जीवन
गरिखाने हरुको हजुर त्यो कर्म बुझेको छु
सतहमा मात्र हैन कूलको वर्म बुझेको छु।

पञ्चाङ्ग ०३

सुखमा होइन दुखमा सन्तोष मिलेको छ
शङ्कामा हैन विश्वासमा संसार टिकेको छ
खानका लागि मात्र होइन हजुर जीवन
पुर्खाको त्याग अाज भोलि स्वार्थमा गिरेको छ
अलमलमा नै यो सिङ्गो जीवन बितेको छ।

पञ्चाङ्ग ०४

स्वार्थको खेलमा चुक्न नपरोस्
शत्रुको सामुन्ने झुक्न नपरोस्
सुखदुःख केही होइन हजुर
दुनियाँको सामु लुक्न नपरोस्
कोपिला मा फूल सुक्न नपरोस।

पञ्चाङ्ग ०५

चाहन्छौं भने फूल होइन दिल दिन सक्छु
किन्न सक्छौ भने माया यहाँ बिल दिन सक्छु
सुखदुःख केही होइन गरि खान पाए
पवित्र बन्न सक्छौ भने जौ तील दिन सक्छु
तिमीले चाहेमा मायाको अपिल दिन सक्छु।

✍️निर्मला सुवेदी, बागलुङ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...