Saturday 4th April 2026

चन्द्रावती अधिकारीका उत्कृष्ट पाँच पञ्चाङ्गहरू


“ पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “

पञ्चाङ्ग ०१

वर्षदिनको एकफेर प्रेमदिवस आयो भन्छन्
अघिपछि दुश्मनी छ त्यो दिन माया लायो भन्छन् ।
आवेगमा लाको माया दीगो हुन्न बुझिराख,
नबुझेर लाएपछि जिन्दगानी खायो भन्छन्,
आधुनिक हुँदै गर्दा धोकामात्र पायो भन्छन्।

पञ्चाङ्ग ०२

सात फेरो घुम्दै यहाँ अग्नि साक्षी पारेको हो
जन्मिएको गोत्र छाडीअर्कै गोत्र सारेको हो
संस्कृतिले सिकाएको बिहेपछि माया गर्न
पश्चिमाको सिको गर्दा आगो पानी बारेको हो।
जित छैन कसैको नि सम्झौतामा हारेको हो।

पञ्चाङ्ग ०३

पत्थर मन कपास झैँ फुकाउँछ पिरतीले
हाँसो खोसी आँसुहरु सुकाउँछ पिरतीले ।
घरीघरी अरुको नै यादमात्र दिँदोरैछ
आँफूलाई अरुभित्रै लुकाउँछ पिरतीले।
सधैभरि उससामु झुकाउँछ पिरतीले ।

पञ्चाङ्ग ०४

टुटेको मन जोडिदेऊ सक्छौभने मेरा प्यारा
गलत पन्थ छोडिदेऊ सक्छौभने मेरा प्यारा ।
एकदिने तिम्रो प्रेम चाहिएन लैजाऊ बरु,
झारपात गोडिदेऊ सक्छौभने मेरा प्यारा।
वाचा भो नतोडिदेऊ सक्छौभने मेरा प्यारा ।

पञ्चाङ्ग ०५

भुजङ्गप्रयात (मु मु सा १२२×४)

कतै जिन्दगीमा हराएँ भने म ,
बिना होस राखी कराएँ भने म ।
समालेर राख्नू दिई प्रेम प्यारा ,
कतै पाउ लर्खर गराएँ भने म ।
कतै चाह नौलो भराएँ भने म ।

चन्द्रावती अधिकारी
कोहलपुर वाँके।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...