Friday 26th September 2025

निर्मला सुवेदीका मर्मस्पर्शी पाँच पञ्चाङ्गहरू


पञ्चाङ्ग

०१
पीरको भारी बोकेको छु
दिलको घाउ छोपेको छु
नसोध न प्रिय औकात
त्यसै जहर रोजेको छु
धक फुकाइ बोलेको छु।

०२
हेर्न आउ न त दिलको घाउ बढेको छ
बोल्दिनौ आज भोलि तिम्रो भाउ बढेको छ
के भुल भयो कुन्नि त्यो थाहा नपाउँदैमा
आखिर किन यति तिम्रो दाउ बढेको छ
प्रष्ट छ अरुकै लागि त्यो पाउ बढेको छ ।

०३
प्राण भन्दा प्यारो पो लाग्दछ आफ्नो देश यो
प्यारो लाग्छ झन मलाई नेपाली भेष यो
कति सुन्दर डाँडा,पाखा भीर र पहरा
अति प्यारो लाग्छ त्यो आमाको कालो केस यो
कतै नबनोस् हजुर जुत्ताको लेस यो ।

०४
पुग्ने कहाँ हो त्यो थाहा छैन यात्रा जारी छ
बाहिर हाँसेर बोले पनि मन भारी छ
धन सम्पत्ति केही हैन मरी जाने चोला
भेट हुने मन भए आउ बस्ती पारी छ
बाटो नचिने हेर्नु घरमा केरा घारी छ ।

०५
संसार बिचित्र दिल भित्र चित्र छ
बाहिर नखोज माया दिल भित्र छ
मरि लाने केहि होइन सुर्ता व्यर्थ
जस्तो चोखो माया उस्तै नै चरित्र छ
सबैभन्दा त्यो व्यबहार पबित्र छ ।

-निर्मला सुवेदी,बागलुङ


सम्बन्धित शीर्षकहरु

लन्डन: प्रमुख पश्चिमी राष्ट्रहरूले प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिएमा गाजामा युद्ध अन्त्य गर्न मद्दत पुग्न सक्छ र यो हमासको लागि…

अफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको पाङ्ग्रा राख्ने ठाउँ (विमानको पाङ्ग्रा राख्ने ठाउँ) मा लुकेर काबुलबाट दिल्ली पुगेको एक अचम्मलाग्दो…

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

प्रतिकृयाहरू
...