Wednesday 16th July 2025

राष्ट्रकवि प्रति समर्पित कविता -अम्बिका अधिकारी


गौरीको महिमा छ लोकभरिमा सारै प्रिय मान्दछौँ
शोकै शोकमहाँ छ प्रस्तुति तर त्यै ज्ञान हो जान्दछौँ ।।

त्यस्तै अन्य सबै हरेक मनका बोल्छन् कुरा काव्यले
राम्रा उत्तम शिल्प साथ गुणले लेख्यौ सधैँ यत्नले ।।

आयु आफ्नो पूरा शताब्दिभरिको छाडी गएछौ कता
छौ हाम्रा नजिकै कि देखूँ म भनी हेर्दै छु यत्ता उता ।।

सिङ्गो राष्ट्र समान राष्ट्रकविको बन्दा छवि झल्झल
छैनौ आज समाजमा भनी बुझेँ पर्छु अझै अल्मल ।।

मेचीदेखि लिएर पश्चिमतट त्यो महाकाली पनि
पाई तिम्रो अमूल्य काव्यरचना बन्दै थियो झन् धनी ।।

तिम्रै गौरव तुल्य ठाडो अझ छ हिमाल उत्तरतिर
दक्षिणी समतुल्य फाँटहरुले खोज्छन् उचाली शिर ।।

घिमिरे थर गोत्र कश्यप तिमी नाम थियो माधव
हे राष्ट्रकवि यी पङ्क्ति दुईले श्रद्धाञ्जली अर्पण ।।

-अम्बिका अधिकारी
झापा विर्तामोड


सम्बन्धित शीर्षकहरु

लन्डन: स्थानीय स्रोतहरूका अनुसार, गाजा पट्टीमा मिडियाकर्मीहरूलाई लक्षित गरी गरिएको पछिल्लो घातक वृद्धिमा आइतबार इजरायली हवाई आक्रमणमा दुई प्यालेस्टिनी पत्रकारको…

तितोपाटी-पछिल्लोपटक निक्कै चर्चामा रहेको घुस काण्डमा मुछिएका संघियमामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले आफ्नो पदबाट राजिनामा दिएका छन  घुस…

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

प्रतिकृयाहरू
...