Sunday 19th May 2024

नायिका रेखा थापाले गरिन् दोश्रो विवाह


नायिका रेखा थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी छन् । अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि उनले काठमाडौं जिल्ला अदालतमा पुगेर अदालती विवाह ‘कोर्ट म्यारिज’ गरेकी हुन् । ४० वर्षीय शाही र ३९ वर्षीया थापाले लामो समयको प्रेम सम्बन्धलाइ अदालती विवाह मार्फत मुर्तरूप दिएका हुन्

यस अघि नायिका थापाले निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। ओझासँगको वैवाहिक सम्बन्ध टिक्न नसकेपछि उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए। नायिकाको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी थापाले चलचित्र निर्माण समेत गरेकी छन् ।

अभिनेत्री थापा चलचित्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । उनी हालसालै भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिलातर्फबाट महामन्त्री पदमा उम्मेदवारी दिएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...