Saturday 4th April 2026

अधिक भारको कारण अरूण नदीको बेलिबृज भाँचियो


सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । आज दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा पुलको भारबहन क्षमता भन्दा बढीको भारसहित ट्रकहरू पार गर्दा बेलिब्रिज भाँचिएको हो ।

निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा ट्रक पुल भाँचेपछि अरुण नदीमा खसेका छन् । ट्रकमा सवार चालक र सहचालक भने सकुशल नै रहेका छन् । चालक र सहचालकालइ स्थानीयले उद्दार गरेका छन् भने भाँचिएको बेलिबृज नदिमा ठोसिएको छ भने ट्रकहरू भाँचिएको पुलमा झोलिएका छन् । अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ ।

३० टन क्षमाताको अरुण नदी माथिको उक्त बेलिबृज २०७५ सालमा निर्माण सामग्री लैजान इप्सुवा हाइड्रोपावरले निर्माण गरेको हो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...