सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । आज दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा पुलको भारबहन क्षमता भन्दा बढीको भारसहित ट्रकहरू पार गर्दा बेलिब्रिज भाँचिएको हो ।
निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा ट्रक पुल भाँचेपछि अरुण नदीमा खसेका छन् । ट्रकमा सवार चालक र सहचालक भने सकुशल नै रहेका छन् । चालक र सहचालकालइ स्थानीयले उद्दार गरेका छन् भने भाँचिएको बेलिबृज नदिमा ठोसिएको छ भने ट्रकहरू भाँचिएको पुलमा झोलिएका छन् । अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ ।
३० टन क्षमाताको अरुण नदी माथिको उक्त बेलिबृज २०७५ सालमा निर्माण सामग्री लैजान इप्सुवा हाइड्रोपावरले निर्माण गरेको हो ।